• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङमा तीन दिवसीय भलिवल प्रतियोगिता हुने

दिप्रुङमा तीन दिवसीय भलिवल प्रतियोगिता हुने


समायोजन खबर
  • शनिबार, फाल्गुन १० २०७६

  • प्रतिकात्मक तस्विर।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भलिवल र नृत्य प्रतियोगिता गराउने भएको छ । “खेल खेलौ स्वस्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं” भन्ने नाराका साथमा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत खुल्ला महिला÷पुरुष भलिवल र एकल नृत्य प्रतियोगिता गराउने भएको हो ।

    सप्तेश्वर छितापोखरीस्थित तृतीय भञ्ज्याङमा २४ फागुनबाट २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा देशभरका खेलाडी तथा नृत्यमा रुचि भएकाहरुले सहभागिता जनाउन सकिने खेल संयोजक पूर्ण बहादुर खड्काले जानकारी दिए । पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजार, दोश्रो हुनेले ८० हजार, तेश्रो हुनेले ४० हजार, सान्त्वना हुनेले २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

    महिला भलिवल प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, दोश्रो हुनेले ४० हजार, तेश्रो हुनेले ३० हजार, सान्त्वना हुनेले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट महिला खेलाडीले जनही तीन हजार र पुरुष खेलाडीलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

    यस्तै, एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोश्रो हुनेले सात हजार, तेश्रो हुनेले पाँच हजार र सान्त्वना हुुनेले दुई हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । गतवर्ष भएको भलिवल प्रतियोगितामा पुरुषतर्फ ताप्ली गाउँपालिका उदयपुर र महिलातर्फ वातिखुम सछितापोखरी टिम प्रथम भएको थियो ।
    २०७६ फागुन १० गते बिहान ११ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology