• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विद्धालयमै स्यानिटरी प्याड, छात्राले कक्षा छोड्ने समस्या हट्यो

विद्धालयमै स्यानिटरी प्याड, छात्राले कक्षा छोड्ने समस्या हट्यो


समायोजन खबर
  • शनिबार, फाल्गुन १० २०७६

  • सरस्वती नमुना माविमा अध्ययनरत विधार्थीहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    किशोरीहरु महिनावरी भएकै कारण अझै पनि कक्षा छोडेर घर फर्कने गरेको समाचार पढ्न, सुन्न पाईन्छ । तर, खोटाङको दिक्तेलबजारमा अवस्थित सरस्वती नमुना माध्यमिक विद्धालयले किशोरीहरुलाई महिनावरी हुँदा विद्धालयमै स्यानिटरी प्याड उपलब्ध गराएपछि किशोरीहरुले विद्धाल छोड्नुपर्ने समस्या हटेको छ ।

    विद्धालय समयमा किशोरीहरुमा महिनावरी भएमा प्याड लगाउन तथा लाजबाट टाढिन कक्षा छोडेर घर जानुको विकल्प हुदैन थियो । यहि समस्यालाई मध्यनजर राखेर सरस्वती नमुना माविले भने, चारवर्ष अगाडीबाट विद्धालयमै स्यानिटरी प्याडको व्यवस्था गरेर महिनावरीका समयमा किशोरीहरुलाई वितरण गर्दै आएको विद्धालयले जनाएको छ । विद्धालयले उमेर पुगेका १ हजार ३०८ जना किशोरीहरुलाई २०७२ सालदेखी महिनावरी भएको समयमा निःशुल्क स्यानिटरी प्याड दिंदै आएको हो ।

    विद्धालयभित्र अन्य समयमा भन्दा किशोरीहरु धकाउने, लजाउने, अफ्ठ्यारो महशुष गर्ने र अन्त्यमा स्कुल नै छोडेर जान थालेपछि बुझ्दा महिनावरी भएकै कारण कक्षा छोडेर घर गएको पाइएको थियो । त्यस्ता किशोरीहरुलाई महिनावरीको वारेमा उचित सल्लाह, परामर्श दिएर स्यानिटरी प्याडको व्यवस्थापन गरिएपछि किशोरीहरुले कक्षा छोड्ने र वाहिर गएर प्याड खरीद गर्नुपर्ने समस्या हल भएको शिक्षिका जयन्ती राईले बताईन् । शिक्षिका राई, मुना चौलागाँई र मन्जु राईले महिनावरी भएका किशोरीहरुलाई विद्धालयमा उचित परामर्श र प्याड दिंदै आएका छन् । विद्धालयले वजारमा पाईने स्यानिटरी प्याड खरीद गर्ने गरेको छ ।

    किशोरीहरुले प्रयोग गरेको स्यानिटरी प्याड शौचालयको डस्टविनमा संकलन गरिन्छ । त्यसपछि विद्धालय परिसरमा प्याड डिस्पोज गर्ने ठाउँमा लगेर नष्ट गरिदै आएको छ । अझै पनि कतीपय विद्धालयहरुमा यस समस्याबाट ग्रसित किशोरीहरु खुलेर शिक्षक तथा शिक्षिकालाई भन्न सक्दैनन् । बरु कक्षा छोडेर अथवा भागेर घर गईदिन्छन् । त्यही समस्या अन्त्य गर्न र महिनावरीका विषयमा खुलेर कुरा गर्न सक्ने वातावरण सिर्जना गर्नलाई विद्धालयको आन्तरिक खर्चवाट वार्षिक ६ हजारका दरले स्यानिटरी प्याड खरीद गरेर वितरण गरिदै आएको प्रधानाध्यापक ध्यानबहादुर राईले बताए ।

    किशोरीहरुमा महिनावरी हुनु प्राकृतिक नियम रहेछ, पहिला पहिला महिनावरीका वारेमा खुलेर शिक्षक तथा शिक्षिकालाई भन्न सकिन्दैन थियो । समाविमा कक्षा–१० मा अध्ययनरत छात्रा स्नेया आचार्यले महिनावरी हुँदाको पीडा सुनाईन् । ‘साथीको सहारा लिएर भन्नुपर्दथ्यो, अहिले हामी आफै खुलेर यस वारेमा शिक्षक/शिक्षिकालाई भन्न सक्छौ ।’ विद्धालयमै स्यानिटरी प्याड पाएपछि कक्षा छोड्नुपर्ने, लजाउनु पर्ने, वाहिर गएर प्याड खरीद गर्नुपर्ने समस्या हटेर समयको उचित सदुपयोग भएको अर्का छात्रा पवित्रा राईले बताईन् । विद्धालयले प्याडको व्यवस्था गरेपछि उनीहरुजस्तै सयौ किशोरीहरु खुशी भएको छात्रा पेरिस गुरुङले सुनाईन् ।

    सरकारले गएको कार्तिक १ गतेवाट सामुदायिक विद्धालयमा स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने भने पनि यहाँको विद्धालयहरुमा आईपुगेको छैन । जिल्लामा नमुना विद्धालयको रुपमा स्थापित हुंदै आएको यस विद्धालयले सरकारको बाटो नहेरी किशोरीहरुलाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउदै आएपछि मुख्यतः किशोरीहरुले कक्षा छोड्नुपर्ने समस्या हटेको छ । किशोरीहरुले खुलेर महिनावरीका वारेमा भन्न थालेका छन् ।
    २०७६ फागुन १० गते बिहान ८ :१५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology