समायोजन खबर खोटाङ,
खोटाङमा नेपाली सेनाले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगीताको प्रथम उपाधि कर्मचारीको टिमले जितेको छ । सेना दिवसको अवशरमा गोरखनाथगण मुढे व्यारेक दिक्तेलले स्थापना गरेको ‘खोटाङ मैत्रीपूर्ण भलिवल ट्रफी’ अन्तरगत जिल्लामा कार्यरत राष्ट्रसेवक कर्मचारी र जिल्लाबासीको टिमबीचमा शुक्रबार भएको मैत्रीपूर्ण भलिबलमा कर्मचारीको टिम विजयी भएको हो ।
नेपाली सेनाको व्यारेककै खेलमैदानमा भएको प्रतियोगीताका विजेता र उपविजेता टिमलाई संविधानसभा सदस्य पाँचकर्ण राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका छन् ।
सोही कार्यक्रमको अवशरमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र गोरखनाथगणका गणपति भोला पाण्डेले सेनाका विभिन्न विद्याका उत्कृष्ट जवानलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
२०७६ फागुन ९ गते अपरान्ह ४ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology