चिसाङ शेर्पा खोटाङ,
खोटाङको रावावेंशी गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय बढीले सुविधा लिएका छन् । गोरखनाथ गण मुढे ब्यारेकको आयोजना, गाउँपालिकाको व्यवस्थापन तथा जिल्ला अस्पताल दिक्तेल र नेत्र ज्योति संघको सहयोगमा भएको एक दिने शिविरमा दुई सय २४ जनाले सुविधा लिएको हो ।
बिहीबार कुभिण्डेको हरमटारमा भएको शिविरबाट ७९ जना पुरुष र एक सय ४५ जना महिलाले विभिन्न स्वास्थ्य सम्बन्धि सुविधा लिएको रावावेंशी गाउँपालिकाका कर्मचारी नर बहादुर श्रेष्ठले जानकारी दिए । शिविरमा विशेषगरी नाक, कान, घाँटी, आँखाको परिक्षण र औषधी वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा कुभिण्डे, खार्पा, डुम्रेधारापानी, दुवेकोल, हौचुर, लामिडाँडा लगायत आसपासका स्थानीयहरु सेवा लिएका थिए । गाउँमै निःशुल्क स्वास्थ्य परिक्षण तथा उचित परामर्श पाएपछि स्थानीयहरु हर्षित भएका छन् ।
२०७६ फागुन ८ गते राती ९ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology