• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चीनको वुहानबाट नेपाली ल्याएको विमान २ दिन नउड्ने

चीनको वुहानबाट नेपाली ल्याएको विमान २ दिन नउड्ने


समायोजन खबर
  • आइतबार, फाल्गुन ४ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाडौं,

    आइतबार बिहान चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएको नेपाल एयरलाइन्सको विमान ४८ घण्टा नउड्ने भएको छ । त्रिभुवन विमानस्थलमा विहान सवा तीन बजे अवतरण गरेको विमान स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार विमानलाई विमानस्थलको रिर्मोट पार्किङमा राखिएको छ । र, ४८ घण्टापछि मात्रै नियमित उडानमा जान अनुमति दिइनेछ ।

    नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का विश्व स्वास्थ्य संगठको मापदण्डअनुरुप नै विमानलाई ४८ घण्टा निलम्बनमा राखिएको बताउँछिन् । उनअनुसार यो अवधिमा विमानलाई मेडिकल्ली गर्नुपर्ने ट्रिटमेन्टका कामहरु गरिनेछ । नेपाल एयरलाइन्सको वाइडबडीले मुख्य रुपमा भारतको दिल्ली, कतारको दोहा, जापान र दुबईमा उडान भरिरहेको छ ।

    २०७६ फागुन ४ गते साँझ ६ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology