चिसाङ शेर्पा खोटाङ,
खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई यातायातमा निःशुल्क सुविधा दिने व्यवस्था मिलाएको छ । दिक्तेल–ऐंसेलुखर्क रुटमा चल्ने यातायातमा गाँउपालिकाले निःशुल्क यातायात सुविधाको व्यवस्था मिलाएको हो ।
गाउँपालिकाले बिहीबार खोटाङ यातायात प्रालिसँग आफ्नो पालिकाभरीका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपांगहरुलाई निःशुल्क यातायात सुविधा दिने सम्झौता गरेकोे गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । यसअघि सवै वडामा विषयगत शिविर सञ्चालन गरेर परिचयपत्र वितरण गरिसकिएको छ । एक हजार दुई सय ज्येष्ठ नागरिक र सयको हाराहारीमा ‘क’ र ‘ख’ वर्गलाई अपांगता परिचयपत्र दिइसकेको अध्यक्ष निरौलाले बताए ।
यात्रा गर्दा ज्येष्ठ तथा अपांगता भएकाहरुले गाउँपालिकाले दिएको परिचय खुल्ने परिचय पत्र देखाउनुपर्नेछ । ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुले यात्रा गरेको रेर्कड अनुसार यातायात व्यवसायीलाई गाउँपालिको सिधै भुक्तानी दिनेछ । दिक्तेल–ऐंसेलुखर्क रुटमा खोटाङ यातायात प्रालिको एकवटा यात्रुबहाक वस सञ्चालन छ । ऐंसेलुखर्कबाट नियमित बिहान ६ बजे र दिक्तेलबाट ऐंसेलुखर्क दिउँसो ३ वजे बस छुट्ने गरेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
यसअघि, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई यातायातमा निःशुल्क सुविधा दिंदै आएको छ ।
२०७६ फागुन ३ गते अपरान्ह ३ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology