समायोजन खबर खोटाङ,
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निःशुल्क ट्यूसन कक्षा संचालनमा ल्याएको छ । नेविसंघले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित जगदम्मा माध्यमिक विद्यालय खिरी बुईपामा निःशुल्क ट्यूसन कक्षा संचालनमा ल्याएको हो ।
आगामी चैत्रमा हुने एसईई परिक्षामा सहभागी हुने कक्षा १० का विद्यार्थीलाई लक्षित गरेर नेविसंघ इकाई समिति जगदम्वा माध्यमिक बिद्यालयले ट्यूसन कक्षा संचालनमा ल्याएको हो । निःशुल्क ट्यूसन कक्षा नेविसंघ खोटाङका अध्यक्ष राज कुमार बस्नेतले बिहीबार उद्धघाटन गरेका छन् ।
इकाई अध्यक्ष नविन घिमिरेको सभापतित्वमा भएको उद्धघाटन कार्यक्रममा नेविसंघ खोटाङका सहसचिव तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संयोजक मोतिचन्द्र राई, नेविसंघ जिल्ला सदस्य तथा दिक्तेल क्याम्पस अध्यक्ष सुमन आचार्य, नेपाल शिक्षक संघका नेता धुव्र आचार्य, सोही बिद्यालयका शिक्षक अर्जुन शाह लगायतको उपस्थिति रहेको थियो ।
ट्यूसन कक्षामा जगदम्वा माविका एसईई दिने तयारी गरिरहेका विद्यार्थी सहभागी भएका छन् । संघले एक महिनासम्म आयोजना गरेको निःशुल्क ट्यूसन कक्षाले विद्यार्थीलाई परिक्षामा थप टेवा पुगेको भन्दै अभिभावक तथा विद्यार्थीहरु उत्साहित बनेका छन् । नेविसंघ खोटाङले गत वर्षको एसईईका जिल्लाभरीका सात सय बढी पुरक विद्यार्थीहरुलाई दिक्तेलमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको थियोे ।
२०७६ फागुन १ गते राती ९ :४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology