समायोजन खबर खोटाङ,
नौ महिना देखि पाँच वर्ष मुनिका बालबालिकालाई लगाईने दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान साकेला गाउँपालिकाले तयारी पुरा गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले बिहीबार खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफलको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।
गाउँपालिकाको पाँचै वडामा फागुन १५ गतेदेखि २३ गतेसम्म यो अभियान सञ्चाल नहुने स्वास्थ्य शाखा संयोजक रीता ढकालले जानकारी दिईन् । दादुरा रुबेला २०२३ सम्म अन्त्यगर्ने सरकारी लक्ष्य अनुसार यस पालिकाले पनि सो अभियान सञ्चालन गर्ने भएको हो । अभियानको क्रममा पालिकाभरीका ७३८ जना बालबालिकालाई यस खोप लगाउने लक्ष्य राखिएको हेल्थ असिस्टेण्ट शेखर राजवंशीले बताए । जसअन्तर्गत वडा नं. १ बाँझेच्यानडाँडामा १ सय ६५, वडा नं. २ रतन्छामा १ सय ४३ जना, वडा नं. ३ खिदिमामा १ सय ५९ जना, वडा नं. ४ मात्तिममा १ सय ५६ जना र वडा नं. ५ मात्तिमविर्तामा १ सय २४ जना बालबालिकाको तथ्याङ्क रहेको छ ।
अभियानमा पाँच वडाको ३६ स्थानमा खोप केन्द्र राखिने छ भने ७२ जना स्वयमसेवक र ३६ जना खोप कार्यकर्ता परिचालन गर्ने तयारी भएको राजवंशीले बताए । गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले यस अभियान प्रभावकारी रुपमा लागू गर्न र कुनै पनि बालबालिका नछुटाउन निर्देशन दिएका छन् । नेपालमा सन् २०१५ देखि दोश्रो मात्रामा दादुरा–रुबेलाखोप अभियानको सुरुवात भएको थियो । यस अभियानबाट विफर रोगको उन्मूलन, बालमृत्युदर कम, मातृ तथा नवशिशु धनुष्टङकार निवारण, जापानिज इन्सेफलाईटिस नियन्त्रण, रुबेला तथा सिआरएस नियन्त्रण, हेपाटाईटिस वी नियन्त्रण लगायतका रोगहरु उन्मूलन भएका छन् ।
२०७६ फागुन १ गते राती ९ :०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology