• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वडा,स्वास्थ्य चौकी,विद्धालय भबन बनाउँदै नगरपालिका

वडा,स्वास्थ्य चौकी,विद्धालय भबन बनाउँदै नगरपालिका


समायोजन खबर
  • बिहिबार, फाल्गुन १ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न कार्यालय प्रयोजनका लागि २९ वटा पक्की भवनहरु निर्माण गर्ने भएका छन् । वडा कार्यालय, स्वास्थ्य चौकी र विद्धालयका लागि यसवर्षबाट भवनहरु बनाउने भएका हुन् ।

    बुधबार बसेको नगर कार्यपालिकाको वैठकले ११ वटा वडा कार्यालय, तीन वटा स्वास्थ्य चौकी भवन र १५ वटा विद्धालय भवन बनाउने निर्णय गरेको विहीबार आयोजना गरिएको ‘सुशासनका लागि मिट द प्रेस’मा दिएको जानकारी दिएको छ । नगरपालिकाको ५० प्रतिशत बजेट र संघीय समपूरक अनुदानक अन्तर्गत दिक्तेल १, दिक्तेल २, खाल्ले, चिउरीडाँडा ७, चिउरीडाँडा ८, निर्मलीडाँडा, पाथेका, खार्मी, जालपा, नुनथला, विजयखर्कका लागि भवन निर्माण गरिनेछ । विद्धालय भवनहरुको काम चार प्याकेजमा निर्माण हुनेछ ।

    दिक्तेल १, दिक्तेल २ र खाल्लेको पहिलो प्याकेज, चिउरीडाँडा ७, चिउरीडाँडा ८, निर्मलीडाँडा दोश्रो, पाथेका, खार्मी तेश्रो तथा जालपा, नुनथला र विजयखर्क चौथो प्याकेजमा निर्माण हुने नगरपालिकाले जनाएको छ । ११ वटा वडा कार्यालय भवनहरु भाडाको घर तथा जिर्ण भवनबाट सञ्चालन भईरहेको छ । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्था नभएका वडाहरुमा भवन निर्माण तथा संचालनका लागि आउने खर्चबाट दिक्तेल २, खाल्ले, चिउरीडाँडा ८ मा स्वास्थ्य चौकी भवन निर्माण गरिने नगरप्रमुख दिपनारायण रिजालले बताए ।

    यसैगरी, संघीय विशेष अनुदान अन्तर्गत नगरभित्रका १५ वटै वडामा घेराबारा सहितको एकएक वटा दुई कोठे विद्धालय भवन पनि यसैवर्षबाट बनाउने निर्णय भएको छ । पञ्च मावि दिक्तेल, हिमालय आधारभूत विद्धालय सोल्मा, सावित्रा मावि बाम्राङ, शितला मावि खाल्ले, सालपीदेवी आधारभूत विद्धालय लफ्याङ, निरौली आधारभूत विद्धालय नेर्पा, विद्योदय मावि दोर्पा, सेती सितला आधारभूत विद्धालय चिउरीडाँडा, महेन्द्रोदय आधारभूत विद्धालय निर्मलीडाँडा, सरस्वती मावि पाथेका, कालिका मावि खार्मी, जालपा मावि जालपा, जालपा मावि नुनथला, तीनधारे आधारभूत विद्धालय बुईपा र जनचेतना आधारभूत विद्धालय विजयखर्कका लागि भवन बनाईने नगरप्रमुख रिजालले बताए ।

    यसैविच, माटिकोरे खेलमैदानको ४ करोड ९८ लाखको डिपिआर तयार गरी आगामी आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा प्रदेश सरकारसँग विशेष अनुदान माग गर्ने नगर कार्यपालिकाको वैठकले निर्णय गरेको छ ।
    २०७६ फागुन १ गते साँझ ५ :२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology