• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कलाकारको विषयमा प्रगतिशील लेखक संघ खोटाङको ध्यानाकर्षण

कलाकारको विषयमा प्रगतिशील लेखक संघ खोटाङको ध्यानाकर्षण


समायोजन खबर
  • बुधबार, माघ २९ २०७६

  • खोटाङ उधोग वाणिज्य संघका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउदै प्रलेसका अध्यक्ष चित्र कुमार सुवेदी र केन्द्रीय सदस्य ओमप्रकाश घिमिरे ।

    चिसाङ शेर्पा खोटाङ,
    प्रगतिशील लेखक संघ जिल्ला कार्य समिति खोटाङले ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’मा आउने कलाकारहरुको विषयलाई लिएर आयोजकको ध्यानाकर्षण गराएको छ । केही कलाकारहरुको प्रस्तुतीले समाजलाई बिकृति र बिसङ्गतीतर्फ धकेल्ने भन्दै आयोजक खोटाङ उधोग वाणिज्य संघको ध्यानाकर्षण गराएको हो ।

    फागुन २ गतेदेखी १२ गतेसम्म दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना हुने ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’मा गायिका ज्योति मगर र गायक दुर्गेश थापाजस्तो कलाकारको प्रस्तुतीले समाजलाई बिकृति र बिसङ्गतीतर्फ धकेल्ने भन्दै यस्ता कलाकारको आगमन र प्रस्तुती रोकिनुपर्ने जनाएको छ । बुधबार संघको कार्यालयमा प्रलेस जिल्ला अध्यक्ष चित्रकुमार सुवेदी र प्रलेसका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकास घिमिरेले ध्यानाकर्षण पत्र पेश गर्दै उक्त कलाकारहरुको आगमन रोकेर स्थानीय कलाकार र खोटाङगे माटोले जन्माएका कलाकारलाई महोत्सवमा विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    यस्तै, महोत्सवमा साहित्यिक, चेतनामूलक कार्यक्रम समेत थप गरिनुपर्ने प्रलेसको जोडदार अपिल छ । महोत्सव खोटाङको पहिचान, संस्कृती, सम्पदा, धार्मिक स्थलहरुको प्रचारप्रसारमा जिवन्त परिचय बन्नुपर्ने र त्यस कार्यमा प्रलेस सहयोगी भूमिका खेल्न तयार रहेको ध्यानाकर्षण पत्रमा जनाइर्एको छ ।
    सगीत क्षेत्रलाई व्यवस्थित गर्नका निम्ति केही संघसंस्था र केही व्यक्तिहरुलाई व्यवस्थापनका लागि आग्रह गरिएको, उहाँहरुको छनौट र अगुवाईमा बनेका प्रचारप्रसार सामग्रीमा एकदुई जना कलाकारहरुको वारेमा टिकाटिप्पणी आएदेखी नै ध्यानाकर्षण भईसकेको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले बताए । ज्योति मगर, दुर्गेश थापा आउने/नआउने सेड्युल बनेको छैन । राईले भने, ‘यस विषयमा गम्भीर रुपमा बुझेर समाजलाई बिकृतीतिर धकेल्ने, अशिष्ट, अश्लिल ढंगको कुरा प्रस्तुत गरेर समाजलाई भड्काउने खालका प्रस्तुती हुन नदिन सचेत छौ ।’
    के–के हुन्छ महोत्सवमा ?
    ६६ लाखमा सम्पन्न हुने महोत्सवमा जिल्लाका आदिवासीहरुको संस्कृती भेषभुषाहरुको प्रदर्शनी, सूचना प्रविधिको पदर्शनी, कृषिजन्य वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातिय खानाका मौलिक परिकारहरुको विक्री तथा प्रदर्शनी, वाल उधान तथा विविध मनोरञ्जनात्मक कार्यक्रम, १ नं. प्रदेश लगायत सम्भावित अन्य जिल्ला तथा नगर उधोग वाणिज्य संघहरु र सरोकारवाला तथा अन्य निकायबिच पर्यटन, कृषि, प्रविधि र अन्य सम्भावित व्यावसाय प्रवद्र्धन सम्बन्धमा अन्तक्रिया ।
    आर्कषक परिसरहरुमा सूचना प्रविधि, अटो, अर्गानिक कृषि प्रदर्शनी/साँस्कृतिक प्रवद्र्धन, विज्ञान प्रविधिसँग सम्बन्धित प्रदर्शनी, प्रत्येक दिन ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट गीत, नृत्य, हाँस्यव्यङ्ग र साँस्कृतिक प्रदर्शनी, विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान र हेलिकोप्टर मार्फत माउण्टेन फ्लाईट सेवा सञ्चान गरी हिमाली दृष्यावलोकन ।
    महोत्सवबाट फाइदा के ?
    आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उधोग व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावर, जडिबुटिको बजारीकरण र प्रवद्र्धनमा टेवा, आन्तरिक बजार सवलीकरण गर्ने तथा निकासी योग्य स्थानीय उत्पादनहरुको बजारीकरण गर्न ब्यापक प्रचारप्रसार हुने । एक लाख ५० हजार बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव अवधिमा एक अर्बको कारोबार हुने प्रक्षेपण गरिएको छ ।
    तयारी अन्तिम चरणमा
    समग्र खोटाङको पर्यटन प्रवद्र्धन र व्यावसाय प्रवद्र्धनको लागि हुने ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक संमृद्धिको आधार व्यावसाय प्रवद्र्धनको लागि पुर्वाधार भन्ने नाराका साथमा हुने ११ दिने भव्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।
    २०७६ माघ २९ गते साँझ ६ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology