चिसाङ शेर्पा खोटाङ,
खोटाङमा मानव अधिकार हनन् व्याप्त रहेको सहभागी बक्ताहरुले बताएका छन् । ‘खोटाङ जिल्लाको मानव अधिकारको अवस्था’ विषयमा राष्ट्रिय मानव अधिकार आयोगले सोमबार दिक्तेलमा गरेको छलफलमा सहभागी बक्ताहरुले मानव अधिकारका घट्नाहरु भयाभह रहेको बताएका हुन् ।
नेपाल आदीवासी जनजाति महासंघ समन्वय परिषद खोटाङका अध्यक्ष हात्तिराम राईले आदीवासी जनजातिहरुका लागि राज्यले नीति निर्माणमा समेटे पनि छलफल तथा अन्तरक्रियामा नवोलाउदा त्यहाँ मानव अधिकार हनन् भएको बताए । प्रेसलाई शुसुचित हुन पाउने अधिकार सरकारले कुण्ठित गर्दै लगेको छ । सम्पादक समाज नेपालका अध्यक्ष तथा अग्रज पत्रकार कृष्ण आचार्यले मानव अधिकारका टोलीलाई प्रश्न राखे, “प्रेसलाई कुण्ठित गर्दा सबै कुण्ठित हुने हैन ? सरकार समक्ष यो आवाज पुग्नुपर्छ ।” आचार्यले भने । नागरिक समाजका अगुवा हरिराज भण्डारीले मानव अधिकार के हो ? कसरी प्रयोग गर्ने विषयमा नै आम नागरिक अन्यौलमा रहेको औलाए ।
सरकारले जे मन लाग्यो त्यहीं गर्ने ? यो मानव अधिकार हो ? शिक्षक पार्टीसँग मिलेको छ, कर्मचारी कुनै न कुनै पार्टीसँग मिलेकै छ, स्थानीय तहमा गयो पार्टीगत रुपमा बाँडीचुडी गरेकै छ, सवैजना पार्टीसँग मिलेकै छ, ठूलाले सानालाई तलको तल पारेको छ । अनि कसरी भयो मानव अधिकार ? भण्डारीले आक्रोश पोखे ।

शिक्षिका सविता ढकालले एकल महिलालाई सामाजिक, साँस्कृतिक हिसाबले अझै पनि पछाडी पारीरहेको बताईन् । ढकालले भनिन् ‘यसले मावन अधिकारको उपहास गरिरहेको छ ।’ यस्तै, कानुन व्यवसायी चन्द्र बहादुर खड्काले संवैधानिक अधिकार प्रदत्त सवै मानव अधिकार अझै लागू नभएको बताए । सरकारले निःशुल्क औषधी दिने भनेको छ, वेलैमा पाउन सकिएको छैन, विकास नाममा जथाभावी बाटो खोलिएको छ, प्रदुषण वढेको छ, धुलोधुवाँबाट आम मानिस गुज्रिएको छ, खाद्यन्न, स्वस्थ्य खानेपानी, शिक्षा पाएको छैन, महंगी आकाश छुने छ यसको निगरानी कसले गर्ने, दिक्तेलबाट काठमाण्डौ तराईसम्म सडक पिच भएको छ भाडादर त्यही छ, यो मानव अधिकार हनन् हैन ? उनले प्रश्न राखे । यस्तो मानव अधिकार हनन् भएको कसले हेर्ने ।
अपांग सेवा संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्य समिति अध्यक्ष उमेशचन्द्र आचार्यले बुझेर पनि नबुझे झै गरी अपांगहरुलाई मर्कामा पारीरहेको बताए । अपांगको पहिचान छैन, सेवा सुविधा छैन, अपांगहरुको लगत संकलन नगर्नु त्यो मानव अधिकार हनन् हो कि हैन ? आचार्यले भने । सञ्चारकर्मी राजन ठटालले सम्बन्धित निकायको ध्यान नजाँदा दलित समुदायमा चेतना कमीले वालविवाह बढेको र फिल्डमै गएर निराकरण गर्न आवश्यक रहेको बताए ।
महिला नेत्रृ डिल्लीकुमारी आचार्यले संविधानमा तोकिएका कुरा व्यवहारमा लागू नभएको बताईन् । सत्ताधारी पार्टी र प्रतिपक्ष पार्टीविचमा द्धन्द चलिरहेको छ । नेत्रृ आचार्यले भनिन् ‘सोही कारण आम जनता पिल्सिरहेका छन् । न्याय सम्पादनै सन्तोषजनक पाईन्न । खै कस्तो मानव अधिकार भन्ने ।’ भूपू प्राचार्य तथा ज्येष्ठ नागरिक पवन कुमार थापाले विद्धालयहरु वालमैत्री, अपांगमैत्री नहुंदा मानव अधिकार हनन् भईरहेको बताए । पितृसत्तात्मक विचारले अझै पनि छोरालाई नीजि र छोरीलाई सामुदायिक विद्धालयमा पढाईन्छ । त्यहाँ पनि मानव अधिकार हनन् भयो । सरकारी कार्यालय गयो अन्य सरह सेवा लिन काम्दै लाईनमा बस्नुपर्छ, ज्येष्ठ नागरिकलाई खै छुट्टै स्थान ? घरघरमा मानव अधिकार हनन् भईरहेको छ । थापाले थपे ।
नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले मानव अधिकारको विषयमा आम नागरिकलाई बुझाउन नसक्दा मानव अधिकार हनन् बढेको बताए । तीनजना महिलाको हत्यारा अझै पत्ता नलाग्दा मानव अधिकार कहाँ छ भनेर खोज्ने बेला आएको राईले बताए । अर्का कानुन व्यवसायी कृष्ण राईले व्यक्तिको जग्गामा भएको सालको काठ काट्दा हिरासतमा बस्नुपर्ने कस्तो मानव अधिकार भन्दै राष्ट्रिय मानव अधिकारको ध्यानाकर्षण गराए । सहभागी वक्ताहरुबाट आएको सवालको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले जवाफ दिएका छन् । एक पुरुष, तीनजना महिलाको हत्याराको फायल क्षेत्रिय,केन्द्रीय कार्यालयमा पुगेको बताए । अपराधी पनि यहि समाजमा छ, अपराधी पत्ता लगाउन सवैजना मौन बस्छन् । डिएसपी गौमतले भने ‘अनुसन्धान हुँदा प्रहरीको काम शुन्यजस्तै हुन्छ । अपराधी पक्राउ परेपछि मात्रै पुर्ण हुन्छ ।’ धैर्य गर्न अनुरोध गर्छु ।
यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारी श्याम कुमार राईले मानव अधिकार हनन् कम हुंदै गएको जिकिर गर्दै मानव अधिकार हनन् कम गर्न सवै एकजुट हुन आग्रह गरे । मानव अधिकार हनन्का घट्नाहरु आईरहेको स्वीकार्दै मानव अधिकार हनन् कम गर्न प्रयास जारी रहेको राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक डा. टिकाराम पोखरेलले बताएका छन् ।
२०७६ माघ २७ गते साँझ ७ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology