चिसाङ शेर्पा खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आमा समुहलाई उन्नत जातको बाख्रा वितरण गरेको छ । आमा समुहको आयआर्जनका निमित्त नगरपालिकाले एकता आमा समुहका ३० घरधुरीलाई एक/एक वटा उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेको हो ।
नगरपालिकाको महिला लक्षित कार्यक्रमको २ लाख ३० हजार बजेटबाट धितुङका दलित आमा समुहलाई आईतबार उन्नत जातको एकएक वटा र समुहका लागि एकवटा उन्नत जातको बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ । आमा समुहलाई हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले बाख्रा तथा बोका वितरण गरेकी हुन् ।
११ वडा रहेको नगरपालिकामा एकता आमा समुह एउटैमात्र आमा समुह र दलित आमा समुह हो । उन्नत जातको बाख्रा र बोका वितरणले महिलाहरुलाई आत्मनिर्भर बनाउनमा टेवा पुग्ने नगर उपप्रमुख राईले बताईन् । उन्नत जातको बाख्रा र बोका पाएपछि आमा समुहका महिलाहरुले खुशी ब्यक्त गरेका छन् ।
२०७६ माघ २० गते साँझ ६ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology