• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राप्रपा संयुक्तका जिल्ला अध्यक्ष पोखरेल कांग्रेसमा प्रवेश

राप्रपा संयुक्तका जिल्ला अध्यक्ष पोखरेल कांग्रेसमा प्रवेश


समायोजन खबर
  • शनिबार, माघ १८ २०७६

  • पार्टी प्रवेशपछि पार्टी सभापति नरेशकुमार श्रेष्ठ र धर्मराज पोखरेललगायत । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका जिल्ला अध्यक्ष धर्मराज पोखरेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस खोटाङको २५ औं जिल्ला कार्य समितिको बैठकको अवसरमा शनिबार पोखरेल नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    पोखरेललाई वीपी स्मृती भवन दिक्तेलमा कांग्रेस सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति विष्णुकुमार राई लगायतले पार्टीको झण्डा हस्तान्तरण र अविरजात्रा गर्दै कांग्रेसमा भित्र्याएका हुन् । पार्टीमा भित्र्याएसँगै पोखरेललाई नेपाली कांग्रेस जिल्ला कार्य समितिको उपसभापति पदमा समायोजन गरिएको पार्टी ईच्छुराम रानाले जानकारी दिए ।
    लामो समय राप्रपा संयुक्तका राजनीति गरेका पोखरेलले कांग्रेसमा राजनीतिक भविष्य देखेर पार्टी प्रवेश गरेको बताए । मुलुकमा व्याप्त भ्रष्टारचार र वेतिथि मौलाएको छ, अव हामी एक भएर यसको खबरदारी गर्नुपर्छ । यसैको लागि हामी एक हुन आवश्यक थियो । पार्टी प्रवेशपछि पोखरेलले भने ।
    पोखरेलसँगै खोटाङ उधोग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र गिरी पनि कांग्रेसमा प्रवेश गरेका छन् । गिरीलाई सह–सचिव पद दिइएको छ । कार्यक्रममा गिरी उपस्थित नभए पनि उनको मनोनयन पत्र फोनबाटै वाचन गरेर सुनाइएको थियो । यस्तै, नेकपामा आवद्ध विजयखर्कका लेखनाथ खनाल, धनुश राई, तोयानाथ खनाल, वालकुमार ढकाल, मिलन पोखरेल, सुमन पोखरेल र भक्त शेर राई पनि कांग्रेसमा प्रवेश गरेका छन् ।


    यसैगरी,पार्टी प्रवेशसँगै विजयखर्कमा निर्माण हुने गाउँ कार्य समिति पार्टी भवनका लागि निःशुल्क ६ आना २ दाम जग्गा उपलब्ध गराउने सोही स्थानका जग्गादाता लेखनाथ खनाललाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले सम्मान गरेको छ ।
    २०७६ माघ १८ गते अपरान्ह ४ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology