• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एक हातले उल्टो मोटरसाईकल कुदाउने दिलीप

एक हातले उल्टो मोटरसाईकल कुदाउने दिलीप


समायोजन खबर
  • शुक्रबार, माघ १७ २०७६

  • दिलीप राई ।

    चिसाङ शेर्पा खोटाङ,
    दिलीप राई सामान्य परिवारमा हुर्केका युवा हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा धिवाका उनी मोटरसाईकलमा उल्टो बसेर एक हातले मोटरसाईकल चलाउँछन् । दाहिने हातमा नेपालको राष्ट्रिय झण्डा र देब्रे हातले मोटरसाईकल हाँक्छन् ।

    हाल ३२ वर्ष पुगेका दिलीपले १३ वर्षको उमेरदेखी उल्टो मोटरसाईकाल चलाउन सिकेका हुन् । निक्कै मेहेनत र परिश्रमले अहिले मजाले कुदाउन सकिने उनले बताए । भर्खरै मात्रै बुईपास्थित खेलमैदानमा सम्पन्न अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगीताको फाइनलमा उल्टो मोटरसाकईल स्टन्ट देखाएपछि उनको कला बाहिर आएको हो ।

    खेलमैदान र निश्चित स्थानमा उल्टो बसेर एक हातले डेढ घण्टासम्म लगातार उनले मोटरसाईकल कुदाएका छन् । प्रतिस्पर्धामामा भाग लिन पाए अन्यभन्दा आफू अब्बल हुने दावि गरे । आर्थिक अभावमा झेलिएका उनले सहयोग पाएमा नेपालीको बहादुरीलाई विश्व सामू चिनाउने बताए । नेपाली भूमिमा जन्म लिईसकेपछि केही गर्नुपर्छ भन्ने मनासय भएका दिलीप एक हातले उल्टो मोटरसाईकल कुदाएर अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने लक्ष्य लिएर हिडेका छन् ।
    २०७६ माघ १७ गते बिहान ९ :१२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology