• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अवैध सालको काठ नियन्त्रणमा

अवैध सालको काठ नियन्त्रणमा


समायोजन खबर
  • बुधबार, माघ १५ २०७६

  • नियन्त्रणमा लिइएको सालको गोलिया काठ । तस्विर सौजन्य : जिल्ला प्रहरी कार्यालय खोटाङ ।

    चिसाङ शेर्पा खोटाङ,
    जिल्ला प्रहरी कार्यालय खोटाङले सालको अवैध काठ र चारजना मानिसलाई नियन्त्रणमा लिएको छ । प्रहरीले रावावेंशी गाउँपालिका–५ दुवेकोलबाट मंगलबार राती ४३.३६ क्युफिट सालको अवैध काठ र ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएको हो ।

    रातको समयमा लु ३ त ३९२२ नम्बरको ट्याक्टरमा सालको गोलिया काठ लोड गरी अवैध रुपमा लैजाँदै गरेको अवस्थामा सादा पोशाकमा खटिएका प्रहरीले काठ र मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक आमोद कुमार खेरवालले बताए । नियन्त्रणमा लिएका चारजनाको नाम खुलाइएको छैन ।

    अवैध काठ र मानिससँगै प्रहरीले स ७ प १६४५ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको काठ, मोटरसाईकल र मानिसलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला बन कार्यालय खोटाङमा बुझाईएको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धान अनुसार विना ईजाजत, विना प्रमाण काठ ओसारपसार गरिएको देखिएको जिल्ला बन कार्यालय खोटाङका प्रमुख अम्बिका प्रसाद पौडेलले बताए । अनुसन्धान अधिकृत तोकेर छानविन गर्न लगाइएको पौडेलले बताए । चारजना मानिसलाई भने अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा पठाइएको छ ।
    २०७६ माघ १५ गते साँझ ६ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology