योगिन राई काठमाण्डौ,
ईटहरीमा नेपाली सिने क्षेत्रमा दक्ष र अनुभवी कलाकार तथा प्राबिधिकको उत्पादन गर्ने उद्देश्य सहित ईटहरीमा फिल्म पढाउने स्कुल संचालनमा आउने तयारी भएको छ । नेपाली सिने जगतका बा को रुपमा परिचित निर्माता तथा बितरक छबिराज ओझाको निर्देशन लगायत फिल्मकर्मीहरुको टिमले काठमाडौमा बिगत ४ वर्षदेखि सफल संचालन भैरहेको कान्तिपुर फिल्म एकेडेमीको पहिलो शाखा ईटहरी आउन लागेको हो । जसको अन्तिम तयारी सकिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले बताए ।
उनले यहि माघ १६ गते सरस्वती पुजाको अवसर पारेर ईटहरी साखालाई औपचारिक थालनी गरिने समेत जानकारी गराए । ईटहरी शाखाले फिल्म मेकिङ, भिडियो एडिटिङ, अभिनय र फोटोग्राफीको कोर्स गराउने छ । पहिलो चरणमा १ महिने कोर्सहरु तय भएका छन भने आबेदन फारम खुल्ला गरिएको छ । प्रदेश १ अर्थात पुर्वान्चलमा फिल्म मेकिङमा इच्छुकलाई सहज र यसका लागि काठमाडौ नै धाउन नपरोस भनी ईटहरीमै गुणस्तरीय फिल्म मेकिङको लागि आफुहरुले सहजता दिलाएको कान्तिपुर फिल्म एकेडेमीका निर्देशक तथा फिल्म निर्माता छबिराज ओझाले बताए ।
ईटहरीको पुर्वलाईनस्थित ईलाका प्रहरी कार्यालयको अपोजिटमा शाखा स्थापना गरिएको छ । हाल खुल्ला गरिएको कोर्सले पुर्वमा छरिएर रहेका फोटो तथा भिडियोमा इच्छुकहरुको लागि निक्कै नै उपयोगी हुनेछ । छोटो फिल्म, डकुमेन्ट्री, युट्युब भिडियो निर्माण, टेलिभिजन प्रोडक्सन तथा फोटोग्राफीमा इच्छुकका लागि यो कोर्सले सघाउ पुर्याउने दावि गरिएको छ । काठमाडौबाटै दक्ष तथा अनुभवी प्रशिक्षक ल्याएर तालिम दिइने छ भने फागुन १ गतेबाट पहिलो ब्याजको कक्षा संचालन हुनेछ । दिनको ४ घन्टा सैदान्तिक र प्रयोगात्मक कक्षा संचालन हुनेछ । एउटा कोर्समा १२ जना मात्र राख्ने र तालिम शुल्क पनि न्यून गरिएको छ । ११ हजारमा १ महिना कोर्स लिन पाउने छन् । कोर्सको अन्त्यमा भिडियो प्रोडक्सन तथा प्रशिक्षार्थीहरुलाई ईन्टर्नसिपको ब्यवस्था गरिएको पुरीले बताए ।
२०७६ माघ ११ गते साँझ ६ :३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology