• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिका जोड्न झोलुंगे पुल

हलेसी तुवाचुङ नगरपालिका र लिम्चुङबुङ गाउँपालिका जोड्न झोलुंगे पुल


समायोजन खबर
  • शनिबार, माघ ११ २०७६

  • सुनकोसीमा दुर्छिम हैदे र बाँसबोटेको भाते जोड्ने झोलुंगे पुल उद्घाटन गर्दै पुर्वसभाषद पाँचकर्ण राई ।

    समायोजन खबर खोटाङ,
    जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चुङबुङ गाउँपालिका जोड्ने झोलुंगे पुल निर्माण गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदे र लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको भाते जोड्ने सुनकोसीमा १५८ मिटर लम्बाई भएको झोलुंगे पुल निर्माण गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन (एसविडि) पुलचोक काठ्माण्डौंको १ करोड ९ लाखमा निर्माण गरिएको पुल शुक्रबार पुर्वसभाषद पाँचकर्ण राई (पिके)ले उद्घाटन गरेका छन् ।

    हालसम्म ढुंगा सञ्चालन हुँदैआएको स्थानमा झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई आवत–जावत गर्न सहज भएको छ । पुर्व सभाषद राईकै पहलमा झोलुंगे पुल निर्माण गरिएको दुर्छिमका वडा सदस्य फलामसिं राईले बताए । २०७४ सालमा जगदम्बा निर्माण सेवा हलेसीले पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

    हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, जोर्तीघाट, बाईटार चिपटारमा पनि झोलुंगे पुल निर्माण भइरहेको छ । कुर्लेघाट र बाइसेमा पनि झोलुंगे पुल उद्घाटनको तयारी भइरहेको तथा भाटबेँसीको झोलुंगे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको पुर्वसभाषद राईले बताए ।
    २०७६ माघ ११ गते साँझ ६ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology