• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाक्सिला गोल्डकपको एघारौं संस्करण फागुनमा

बाक्सिला गोल्डकपको एघारौं संस्करण फागुनमा


समायोजन खबर
  • बुधबार, माघ ८ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि खोटाङमा विगत १५ वर्ष अघि सुरु गरिएको बाक्सिला गोल्डकपको एघारौं संस्करण आगामी फागुनमा हुने भएको छ । फुटबलको व्यवसायीक बिकासको लक्ष्य लिएर २०६२ सालमा स्थापित बाक्सिला फुटबल क्लवको आयोजनामा २०६१ सालदेखि सञ्चालन हुँदैआएको बाक्सिला गोल्डकपको एघारौं संस्करण आगामी फागुन २२ गतेदेखि केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा सञ्चालन हुने भएको हो । मंगलबार बसेको बैठकले बाक्सिला गोल्डकपको अर्को संस्करणको मिति तोकेको क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।

    बाक्सिलामा भएको बैठकले माघ १३ गते क्लवको आयव्याय सार्वजनिक गर्ने, १० औं संस्करणकाक्रममा निर्णायकमाथि हातपात गरेकामा बुईपा खेलकुद समुह ११ र सो क्लवबाट खेल्ने खेलाडीलाई एक वर्षसम्म बाक्सिला फुटबल क्लवले आयोजना गर्ने जुनसुकै प्रतियोगीतामा सहभागी हुनमा प्रतिबन्ध गर्ने, एघारौं संस्करणका लागि पुरस्कार राशी बढाउने लगायतका निर्णय गरेको छ । जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि ‘बाक्सिला गोल्डकप’लाई निरन्तरता दिन लागिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष राईले बताए ।

    २०७६ माघ ८ गते दिउँसो २ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology