• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लेखापरीक्षण नगर्दा महालेखाको व्यापक आलोचना

लेखापरीक्षण नगर्दा महालेखाको व्यापक आलोचना


समायोजन खबर
  • बुधबार, माघ ८ २०७६

  • पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहाल ।

    समायोजन खबर खोटाङ,
    महालेखापरिक्षकको टोलीले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको जानाजन लेखा परीक्षण नगरी फर्किएपछि व्यापक आलोचना भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको मात्र लेखापरिक्षण गरेर फर्किएपछि व्यापक आलोचना भएको हो । कार्यालयमा आएर लेखापरीक्षण गर्न आग्रह गर्दा जनशक्ती अभाव देखाउँदै महालेखापरिक्षकको टोली फर्किएपछि लेखापरीक्षण छुटेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    बुधबार गाउँपालिकामा पत्रकार सम्मेलनमा अध्यक्ष राईले पारदर्शीता कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मा पाएको महालेखाले लेखापरीक्षण नगरेर संघीयता र जनभावना विपरितको काम गरेको भन्दै महालेखाको कार्यशैलीमाथि प्रश्न उठाए । लेखापरीक्षण गर्न महालेखापरिक्षकको टोलीले बोलाएको ठाउँमा दिप्रुङ चुईचुम्मा गाउँपालिका नगएको तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले केन्द्रमै बोलाउँदा महालेखापरिक्षकको टोली नगएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखापरिक्षण छुटेको हो ।
    ४६ दिनसम्म बसेर लेखा परिक्षण गरेको महालेखा परिक्षकको कार्यालयका निर्देशक घनश्याम अधिकारी नेतृत्वको टोली पुस ७ गते काठ्माण्डौं फर्किएको थियो ।


    आर्थिक वर्ष २०७५/०७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था तथा समितिको लेखा परिक्षणका लागि खोटाङमा छुट्टा–छुट्टै तीन टोली आएको थियो । निर्धारित मुकाम अनुशार दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई खोटाङबजारमा कागजात ल्याउन भनिएको थियो । तर, सुरुदेखि नै आफ्नै कार्यालयमा आएर लेखा परिक्षण गर्न अडान लिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अन्तिमसम्म पनि आफ्नो अडान छाडेन । दिप्रुङ गाउँपालिकाले श्रेष्ताको पोको बोकेर कर्मचारीलाई खोटाङबजार पठाएन । बरु आफ्नै कार्यालयमा आएर लेखा परिक्षण गर्न महालेखालाई आग्रह गरेको थियो । गाउँपालिका तोकेको मुकाममा नआएपछि महालेखाले गत मंसिर १५ गते श्रेष्ता लिएर लेखा परिक्षण गर्न आउन पत्रारचार ग¥यो तर भोलीपल्टै गाउँपालिकाले कागजातको पोकोपन्तुरो बोकेर अन्यत्र लेखा परिक्षण गराउन जान नसकिने अडान सहितको जवाफ फर्कायो ।

    महालेखा फर्किएको जानकारी आएपछि पुस ११ गते महालेखालाई गाउँपालिकामा आएर लेखा परिक्षण गर्नका लागि पत्र पठाएर पुःन आग्रह गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘अडिट भनेको कागजको श्रेष्ता मिलाउने मात्र होईन । कामको मूल्यांकन पनि हो । कागजमा उल्लेख भए अनुशार काम नभएको छैन भने साईडमा गएर निरिक्षण पनि गर्नुपर्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘कागजको झोलीतुम्बी बोकेर हिँड्ने हाम्रो काम होईन । स्थानीय सरकारलाई अण्डरस्टीमेट गर्ने खालको पक्षमा हामी छैनौं । सम्वन्धित केन्द्रमा आएर मलेप नगर्ने हो भने काठ्माण्डौंमै लगेर गराए भै गो नी ।’

    सम्बन्धित गाउँपालिकाको केन्द्रमा पुगेर लेखा परिक्षण गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले संघीयताको मर्म विपरितको काम गरेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले आरोप लगाए । ‘महालेखाले नियमितता, मितव्यायिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरेर लेखा परिक्षण गर्नुपर्ने संविधानमै व्यवस्था छ,’ अध्यक्ष राईले भने, ‘स्थानीय सरकारलाई लेखा परिक्षण गराउन सदरमुकाम वा अन्य ठाउँमा बोलाउनु भनेको संविधानको मर्म विपरित र स्थानीय सरकारलाई अण्डरस्टिमेट गराउनु सिवाय केही होईन । केन्द्रीकृत शासन प्रणालीको धङधङ्गी अझै बाँकी रहेको आभास भएको छ ।’ गाउँपालिकाको लेखा परिक्षण छुट भएको विषयमा अध्यक्ष राईले पुस २८ गते बिराटनगरमा आयोजित प्रदेश समन्वय समितिको बैठकमै आवाज उठाएका थिए ।
    २०७६ माघ ८ गते दिउँसो २ :१६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology