• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ड्रागन फ्रुटको खेती वारे किसानलाई अभिमुखीकरण

ड्रागन फ्रुटको खेती वारे किसानलाई अभिमुखीकरण


समायोजन खबर
  • सोमबार, पौस २८ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ड्रागन फ्रुटको खेती सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । ड्रागन खेतीको सम्भाव्यतालाई ध्यानमा राखेर नगरपालिकाले २८ किसानलाई सहभागी गराएर सोमबार एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

    नगरपालिकाभित्रका सुक्खाग्रस्त क्षेत्र घोषित ठाउँमा ड्रागन फ्रुटको खेती गर्न सकिने सम्भाव्यता अध्ययनका लागि किसानलाई तालिमको व्यवस्था गरिएको नगरपालिकाका उपमेयर बिमला राईले बताईन् । ‘ड्रागन फ्रुट पानीको अभाव भएको सुक्खा ठाउँमा उत्पादन हुने फल हो,’ उपमेयर राईले भनिन्, ‘यस ठाउँमा पनि ड्रागन फ्रुटको सम्भावना देखेर अभिमुखीकरण सञ्चालन गरिएको हो । परिक्षणका रुपमा ड्रागन फ्रुटको खेती लगाउन लागेका हौँ ।’ परिक्षण सफल भए आगामी दिनमा प्राथमिकताका साथ ड्रागन फ्रुटको खेती विस्तार गरिने गाउँपालिकाले जनाएको छ ।

    अभिमुखीकरणमा सहभागी किसानलाई ड्रागन फ्रुटको परिचय, रोप्ने मौसम, रोप्ने, गोलमेल गर्ने तरिका, हेरचाह लगायतका विधिका बारेमा जानकारी दिइएको छ । ड्रागन फ्रुटको खेती परिक्षणका लागि किसानलाई ६÷६ बोट बिरुवा वितरण गरिएको छ । तालिममा सहभागी किसानलाई कृषि अभियान्ता शुभचन्द्र राई र नेपाल कृषि सेवा विकास कार्यक्रमका स्थानीय कृषि संयोजक रोश्ना कार्कीले ड्रागन फ्रुटको खेतीका बारेमा किसानलाई सहजीकरण गरेका थिए । पानीको श्रोत नभएको तथा भएका पानीका श्रोतले अपुग हुन थालेछि हलेसी तुवाचुङ नगरपालिकाको महादेबस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडालाई तत्कालिन जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । पिउने पानीकै अभाव रहेको सो क्षेत्रमा ड्रागन फ्रुटको खेतीको सम्भावना बारेमा बेला–बेलामा चर्चा हुने गरेको छ ।
    खोटाङमा हालसम्म व्यवसायीकरुपमा ड्रागन फ्रुटको परिक्षण खेती गरिएको छैन । हलेसी तुवाचुङ नगरपालिकाको भुगोल र वातावरण ड्रागन फ्रुटको खेतीका लागि उपयुक्त देखिएकाले अभिमुखीकरण कार्यक्रम राखिएको नेपाल कृषि सेवा विकास कार्यक्रमका स्थानीय कृषि संयोजक कार्कीले बताईन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology