• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रावावेंसी गाउँपालिकामा कृषि मेला प्रदर्शनी,११ जना किसान सम्मानित

रावावेंसी गाउँपालिकामा कृषि मेला प्रदर्शनी,११ जना किसान सम्मानित


समायोजन खबर
  • शनिबार, पौस २६ २०७६

  • कृषि मेला प्रदर्शनीमा राखिएको कृषि उपज ।

    समायोजन खबर खोटाङ,
    खोटाङको रावावेंसी गाउँपालिकाले बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । ‘कृषि उपजको वृद्धि कृषकको सान, व्यवसायीक कृषकलाई सम्मान हाम्रो अभियान’ भन्ने नारासहित गाउँपालिकाले शुक्रबार र शनिबार कुभिन्डेको हरमटारमा बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरेको हो ।

    गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार गर्दै कृषि उत्पादनका लागि किसानबीच प्रतिष्पर्धात्मक वाताबरण वनाउनका लागि बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । कृषि मेलामा गाउँपालिकाका ६ वटै वडाका किसानले तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, दलहन तथा तेलहन, नगदे बाली, जरे बाली र विविध बाली प्रदर्शनमा राखेका थिए । गाउँपालिकाका विभिन्न ठाउँबाट आएका १९४ किसानले ५७२ कृषि थोकवस्तु प्रदर्शन गरेको गाउँपालिकाले जनाएको छ ।

    यसैबीच, रावावेंसी गाउँपालिकाले ११ जना व्यवसायीक किसानलाई सम्मान गरेको छ । व्यवसायीकरुपमा कृषि कर्म गरिरहेका कृषि व्यवसायतर्फ ६ जना र पशु व्यवसायतर्फ ५ जना किसानलाई कृषि मेला प्रदर्शनी समापनको अवशरमा सम्मान गरेको गाउँपालिकाका कम्प्यूटर अपरेटर नरबहादुर श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले कृषि व्यवसायतर्फ रावावेंसी गाउँपालिका–१ कुभिन्डेका नवराज रेग्मी, रावावेंसी गाउँपालिका–२ खार्पाका अनन्त पोखरेल, रावावेंसी गाउँपालिका–३ लामीडाँडाका कुमार श्रेष्ठ, रावावेंसी गाउँपालिका–४ डुम्रेधारापानीका कटहरे कृषक समुह, रावावेंसी गाउँपालिका–५ दुबेकोलका जमुना राजबंशी श्रेष्ठ कृषक फम र रावावेंसी गाउँपालिका–६ हौंचुरका भीमनारायण श्रेष्ठलाई सम्मान गरेको हो । उनीहरुलाई जनही नगद ३० हजार र प्रमाण–पत्र प्रदान गरिएको छ ।

    यस्तै, पशुपालनतर्फ रावावेंसी गाउँपालिका–१ कुभिन्डेकी बबिता राई, रावावेंसी गाउँपालिका–२ खार्पाका पुष्पमणी पोखरेल, रावावेंसी गाउँपालिका–३ लामीडाँडाका बिष्णुबहादुर खत्री, रावावेंसी गाउँपालिका–५ दुबेकोलका सिमत राई, रावावेंसी गाउँपालिका–६ हौंचुरका सरोज राई जनही २० हजार र प्रमाण–पत्र सहित सम्मान गरिएको हो ।
    २०७६ पौष २५ गते साँझ ७ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology