समायोजन खबर खोटाङ,
दोहोरी गीत ‘यत्ति कुरा’ र ‘तरुनी’ पछि गायक धर्मराज पोखरेलले ‘घरज्वाँई’ बजारमा ल्याएका छन् । पत्रकार शिखर गजरकोटेको शब्द र भाकामा सृजना तयार भएको गीतमा धर्मराज पोखरेल र देवी घर्ती मगरको स्वर सुन्न पाईन्छ । गीत विशुद्ध माया प्रेममा आधारित छ ।
ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन संगीतकार अर्जुन पोखरेलले गरेका हुन् । शंकर विसीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा महेन्द्र गौतम र ऋचा थापा नाचेका छन् । म्युजिक भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने, भिडियो सम्पादन नविन घर्ति मगरले गरेका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका गायक पोखरेल पेशाले इन्जिनियर हुन् भने, गीतकार गजरकोटे पत्रकार हुन् ।
भिडियो
२०७६ पौष २५ गते साँझ ६ :२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology