• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्रेको काम गुणस्तरहिन

दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्रेको काम गुणस्तरहिन


समायोजन खबर
  • बिहिबार, पौस २४ २०७६

  • दिक्तेल र खानीडाँडा सडकको अनुगमन गर्दै प्रदेशसभा सांसद उषाकला राई, जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङ लगायत ।

    समायोजन खबर खोटाङ,
    खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम गुणस्तरहिन भएको गुनासो आएको छ । राष्ट्रिय पुःननिर्माण प्राधिकरणको आर्थिक लगानीमा २०७५ साल मंसिर १ गते शिलान्यास गरिएको दिक्तेल–आहाले (१०.७९ किलोमिटर) खण्ड कालोपत्रेको काम सुस्त र गुणस्तरहिन भएको गुनासो आएको हो । गुणस्तरहिन काम भएको गुनासो आएपछि बुधबार प्रदेशसभा सांसद रामकुमार राई, उषाकला राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, नेकपाका सचिव रामप्रसाद दंगाल लगायतको टोलीले सडकको कामको अनुगमन गरेका छन् ।

    अनुगमनकाक्रममा सडकको कुनामा बनाइएको ड्रेनमा ढुंगालाई ठाडो बनाएर पर्खाल हालिएको, सिमेन्ट र बालुवाको मात्रा नमिलाइ पर्खाल निर्माण गरिएको, माटो मिसिएको र गुणस्तरहिन बालुवा प्रयोग गरिएको, पर्खालको बाहिर बालुवा सिमेन्टको मसला हालेपनि भित्र खोक्रो छाडिएको, सिमेन्ट–बालुवाबाट बनाइएको पर्खाल र ड्रेनलाई पानीले भिजाउने नगरेको टोलीले जनाएको छ । दिक्तेल र खानीडाँडाकोबीचमा सडकभन्दामुनि ठड्याइएको एक रिटेनिङ वालमा हात नै छिर्ने प्वाल भेटिएको छ । हात छिर्ने प्वाल भेटिएपछि अनुगमनमा संलग्नले पालैपालो हात छिराएका थिए ।

    राष्ट्रिय पुःननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार (भ्याट सहित) खर्चमा पुरा गर्नेगरी ठेकेदार कम्पनी याक्तुहाङ साप सिरुवा जेभीले दिक्तेल–आहाले सडक कालोपत्रेको काम जिम्मा लिएको हो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग दश टिन बालुवा गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको पाइएपछि राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालयले गत पुस ९ गते निर्माण कम्पनीलाई पत्राचार गरेर काम रोक्न लगाइसकेको छ ।
    २०७६ पौष २४ गते बिहान ८ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology