योगिन राई काठमाण्डौ,
चलचित्र प्राबिधिक संघले नेफ्टा फिल्म अवार्डको दशौं संस्करणको घोषणा गरेको छ । राजधानीको सोल्टी होटलमा एक कार्यक्रम गर्दै सोमबार अवार्डको बारेमा जानकारी दिएकोे हो । अघिल्लो केहि संस्करण बिदेशमा गर्दै आइरहेको यस अवार्डको दशौं संस्करण भने चैत्र १५ गते टुडिखेलमा गरिने बताइएको छ ।
नेपाल भ्रमण बर्षलाइ सफल पार्ने उद्देश्यले नेपालमै अवार्ड गर्न लागिएको आयोजकले जनाएको छ । अवार्डमा पपुलर फिल्म नायक/नायिका जनजाति फिल्म लाइफटाइम एचिभमेण्ट अवार्ड गरि ३३ बिधामा अवार्ड बितरण गरिने छ ।
प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्यतामा भएको अवार्ड घोषणा कार्यक्रममा कलाकारहरु राजेश हमाल, भुवन केसी, बसुन्धारा भुषाल, भुवन चन्द, तुलसी घिमिरे लगायतको उपस्थित थियो । आफ्नो तर्फबाट नेपाली फिल्मक्षेत्रलाइ आवश्यक सहयोग गर्ने प्रहरी महानिरिक्षक खनालले बताए ।
२०७६ पौष २१ गते साँझ ७ :५१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology