• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नि पिडितलाई आर्थिक सहयोग

अग्नि पिडितलाई आर्थिक सहयोग


समायोजन खबर
  • आइतबार, पौस २० २०७६

  • अग्नि पिडितलाई राहत रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई बायाँ ।

    समायोजन खबर खोटाङ,
    आगलागी पिडितलाई गाँउपालिकाले आर्थिक सहयोग गरेकोे छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका आगलागी पिडित दान बहादुर राईको परिवारलाई दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आईतबार आर्थिक सहयोग गरेको हो ।

    आगलागीमा सर्वस्व गुमाएका राई परिवारलाई गाउँपालिकाले २५ हजार आर्थिक सहयोग गरेको आईटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । अग्नि पिडितलाई गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले राहत रकम प्रदान गरेका थिए । चिसो मौसमका कारण पिडितलाई थप समस्या हुन नदिन घटनास्थलमै गएर गाउँपालिकाले तत्काल राहत उपलव्ध गराएको हो ।

    अग्नि पिडित राईको ढुङगा, माटो र फुसको छानो भएकोे घर जल्दा अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर करिव पाँच लाख बराबरको क्षति भएको छ । आईतबार विहान लागेको आगलागीको कारण खुलेको छैन ।
    २०७६ पौष २० गते दिउँसो ४ :५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology