• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा वडाध्यक्षमाथि कार्यकक्षमै हातपात, मुक्का हान्ने प्रहरी नियन्त्रणमा

खोटाङमा वडाध्यक्षमाथि कार्यकक्षमै हातपात, मुक्का हान्ने प्रहरी नियन्त्रणमा


समायोजन खबर
  • आइतबार, पौस २० २०७६

  • साँकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्षमाथि हातपात भएको छ । काका भतिजबीचको लेनदेनको विषयमा उत्पन्न बिवाद समाधानका लागि छलफल गराउनेक्रममा आईतबार वडाध्यक्ष भीमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो । काका श्याम मुग्राती र भतिज अर्जुन मुग्रातीबीच लेनदेनको विषयमा बिवाद भएको र बिवाद मिलाउनका लागि छलफल गराउनेक्रममा अर्जुनले वडाध्यक्ष खत्रीमाथि मुक्का हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    छलफल गराउनेक्रममा मादक पदार्थले मातेर आएका अर्जुनले हातपात गरेको वडाध्यक्ष खत्रीले बताए । ‘लेनदेनमा हिसाव नमिलेपछि हिजो अर्जुनले श्यामको काठ काट्ने मेसिन लगिदिएको रहेछ । श्याम वडामा आएर गुनासो पोख्दै थियो,’ वडाध्यक्ष खत्रीले भने, ‘त्यही बेला अर्जुन आए । काठ काट्ने मेसिन लैजानुको सट्टा वडामा उजुरी दिएको भए हुन्थ्यो भनेर सम्झाउन खोज्दा आक्रमण गरे ।’ वडाध्यक्षले सम्झाउन खोज्दा लात्ती मुड्कीले टेबल हान्न थालेपछि बाहिर ठेल्दा सहायक कर्मचारीलाई समेत छातीमा मुक्का लागेको बताइएको छ ।

    वडाध्यक्षलाई नाकमा मुक्का हान्ने ३० वर्षीय अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइदैगरेको प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए । मापसे गरेर अमर्यदित क्रियाकलाप देखाएकामा अर्जुनलाई वटा कार्यालयले पटक–पटक रक्सी नखाने कागज गराएको थियो ।
    २०७६ पौष २० गते दिउँसो ४ः३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology