समायोजन खबर खोटाङ,
खोटाङमा चट्याङ लाग्दा ज्यान गुमाएका एक नेताको स्मृतिमा खुला वडास्तरिय भलिबल तथा खुला डबल व्याडमिन्टन प्रतियोगीताको तयारी गरिएको छ । चट्याङ लाग्दा २०७० साल असोज ७ गते राती ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ढकमसेर राईको स्मृतिमा आगामी पुस २६ गतेदेखि २९ गतेसम्म खुला वडास्तरिय भलिबल तथा खुला डबल व्याडमिन्टन प्रतियोगीता गर्न लागिएको हो ।
तत्कालिन संघीय समाजवादीका जिल्ला उपाध्यक्ष रहेका राईको स्मृतिमा बनाइएको ढकमसेर स्मृति प्रतिष्ठानले आईतबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर खुला वडास्तरिय भलिबल तथा खुला डबल व्याडमिन्टन प्रतियोगीताको तयारी बारे जानकारी दिएको छ । पाथेकास्थित सरस्वती माबिको प्रांगणमा हुने प्रतियोगीतामा भलिबलका प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई क्रमशः ५१ हजार १११, ४१ हजार १११ र ३१ हजार १११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने ढकमसेर स्मृति प्रतिष्ठानका अध्यक्ष अग्नीप्रसाद राईले बताए । यस्तै, खुला व्याडमिन्टन प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः ८ हजार १११, ६ हजार १११ र ४ हजार १११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सर्वधन राईले बताए । विभिन्न देशमा रहेका दाता तथा संघ–संस्थाबाट पुरस्कार प्रायोजन गरेर खेलकुद प्रतियोगीताको तयारी गरिएको हो ।
सोही अवशरमा लोक दोहोरी प्रतियोगीताको समेत आयोजना गरिएको ढकमसेर स्मृति प्रतिष्ठानले जनाएको छ । लोक दोहोरीमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समुहलाई क्रमशः १० हजार १११, ८ हजार १११ र ६ हजार १११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने ढकमसेर स्मृति प्रतिष्ठानले जनाएको छ । समाजसेवामा सक्रिया राईको स्मृतिका लागि गत असोज ८ गते ११ सदस्यीय स्मृति प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको थियो । चट्याङ पर्दा ढकमसेर र बाबु महन्तबहादुर राईको सँगै मृत्यु भएको थियो ।
२०७६ पौष २० गते मध्यान्ह २ :२० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology