• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय साईकल यात्रामा निस्कन लागेका साईकल यात्री श्रेष्ठको बिदाई

अन्तर्राष्ट्रिय साईकल यात्रामा निस्कन लागेका साईकल यात्री श्रेष्ठको बिदाई


समायोजन खबर
  • शुक्रबार, पौस १८ २०७६

  • बिश्व साईकल यात्रामा निस्कन लागेका कर्ण श्रेष्ठलाई बिदाई गर्दै जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्मा । तस्बिर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ,
    खोटाङका साईकल यात्री कर्ण श्रेष्ठले अन्तर्राष्ट्रिय साईकल यात्राको तयारी गरेका छन् । केही समयअघि मात्र नेपालका ७७ वटै जिल्लाको साईकल यात्रा पुरा गरेका श्रेष्ठले पुःन अन्तर्राष्ट्रिय साईकल यात्राको तयारी थालेका हुन् । धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धमा सघाउ पु-याउने लक्ष्यका साथ राष्ट्रव्यापी साईकल यात्रा पुरा गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका श्रेष्ठलाई शुक्रबार जिल्ला समन्वय समितिबाट सफल यात्राको कामना गर्दै विदाई गरिएको छ ।

    ‘बिश्व शान्ति कायम गरौं’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साईकल यात्रामा निस्कन लागेका श्रेष्ठलाई जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्माले खादा ओढाएर राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाई गरेका छन् । २०७५ साल चैत ३ गते राष्ट्रव्यापी साईकल यात्रामा निस्केका श्रेष्ठले २०७६ साल असोज ९ गते चितवन पुगेर भ्रमण पुरा गरेका थिए । श्रेष्ठ बिश्व शान्तीको कामनामा पुःन अन्तर्राष्ट्रिय साईकल यात्रामा निस्कन लागेका हुन् ।

    दुबईबाट सुरु हुने अन्तर्राष्ट्रिय साईकल यात्रा कतार, ओमन, साउदी अरब, कुवेत, बहराईन लगायतका खाडी मुलुक तथा एसियन मुलुक हुँदै यूरोपियन मुलुकमा पुग्ने श्रेष्ठले बताए । ‘साईकल यात्राका लागि परराष्ट्र मन्त्रालयबाट अनुमती लिइसकेको छु । भिसा पनि आइसकेको छ,’ विदाईका क्रममा श्रेष्ठले भने, ‘दुबईबाट साईकल यात्रा सुरु हुन्छ । गल्फ कन्ट्रीको यात्रा पछि एसियन हुँदै यूरोपियन कन्ट्रीमा पुग्ने छु ।’ साईकल यात्री श्रेष्ठका आमा नरछिमी श्रेष्ठ, श्रीमती देवीका श्रेष्ठ र दुई छोरा छन् ।
    २०७६ पौष १८ गते राती ८ :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology