• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साङ्लोको अफिसियल ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

साङ्लोको अफिसियल ट्रेलर सार्वजनिक (ट्रेलर सहित)


समायोजन खबर
  • शुक्रबार, पौस १८ २०७६

  • योगिन राई काठमाण्डौ,
    अभिनेता बिराज भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्म साङ्लोको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन जनरमा बनेको फिल्मको ट्रेलरमा अभिनेता बिराजको दमदार एक्सनलाइ देखाइएको छ । फिल्ममा बिराजको अपोजिटमा पुर्व मिस नेपाल निकिता चाण्डकसँगै प्रकाश शाह कामेश्वर चौराशिया जयनन्द लामा आर पि पन्त लय सग्रौला अमित गिरी शिशिर भण्डारी भिष्म जोशि लगायत कलाकारहरुको अभिनय रहेको छ ।

    बिराज भट्ट प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा तेज बहादुर खडका रहेका छन् । माघको २४ बाट प्रदर्शनमा आउने फिल्मको सिनेमाटोग्राफरमा मानकृष्ण महर्जन इडिटरमा अर्जुन जिसी एक्सनमा श्री श्रेष्ठ र लेखनमा शिबम अधिकारी रहेको छ ।

    किड्नी तस्करीको कथामा बनेको फिल्मको अगाडि नै सार्वजनिक भइसकेको चरिले काफल टिप्यो बोलको गीतले दर्शकहरुको मन जितिरहेको छ । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा अधिकांश कलाकारहरुले बिराजसँग काम गर्न पाउनु महत्वपुर्ण पल भएको बताएका थिए । आफूले निर्माण तथा निर्देशन गरेको फिल्मले दर्शकहरुलाइ निरास नबनाउने अभिनेता भट्टले बताए ।
    ट्रेलर


    २०७६ पौष १८ गते साँझ ७ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology