• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विप्लव समूहका जनमुक्ति सेना सदस्य चाइनिज पेस्ताेलसहित पक्राउ

विप्लव समूहका जनमुक्ति सेना सदस्य चाइनिज पेस्ताेलसहित पक्राउ


समायोजन खबर
  • बिहिबार, पौस १७ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर भोजपुर,

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जनमुक्ति सेना सदस्यलाई प्रहरीले चाइनिज पेस्तोलसहित नियन्त्रणमा लिएको छ । पार्टीका केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेख जिल्ला दुल्लु नगरपालिका-२ का २७ वर्षीय विरेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    बुधबार हतुवागढी गाउँपालिका-९, हसनपुरबाट थापालाई पक्राउ गरिएकाे हाे । खानतलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय घोरेटारको प्रहरी टोलीले उनको साथबाट ४ राउण्ड गोली, २ थान डायरी र पार्टीका केही दस्तावेज फेला पारेको थियो । पक्राउ परेका उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याएर अनुसन्धान थालिएको डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिनुभयाे ।

    २०७६ पुस १७ गते राती ९ :२२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology