चिसाङ शेर्पा खोटाङ,
खोटाङमा भूपु विधार्थीहरुले विद्धालयलाई फर्निचर र भित्ते घडी प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा अवस्थित चम्पावती माध्यमिक विद्धालयबाट २०६५ सालमा एसएलसी उतीर्ण गरेका विधार्थीहरुले विद्धालयलाई उक्त सामग्रीहरु प्रदान गरेको हो ।
एसएलसी उतीर्णपछि उच्च शिक्षा र जागिरको सिलसिलामा विभिन्न स्थानमा रहेका ४७ जना भूपु विधार्थीहरु मिलेर २५ जोर आधुनिक फर्निचर र एक दर्जन डिजिटल भित्ते घडी प्रदान गरेका छन् । विद्धालयमा बिहीबार एक कार्यक्रम गरी प्रधानाध्यापक खगेन्द्र राईलाई भूपु विधार्थीहरुले एकसाथ साढे दुई लाख बराबरको फर्निचर र घडी हस्तान्तरण गरेको ‘चम्पावती मावि भूपु विधार्थी समुह व्याच २०६५’ का सदस्य ओमप्रकाश घिमिरेले समायोजन खबर डटकमलाई बताए ।
यस्तै, फर्निचर र घडी हस्तान्तरण कार्यक्रममै भूपु विधार्थीहरुले मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता पनि गराएकोे थियो । बक्तृत्वकलामा अर्पण घिमिरे प्रथम, विजय अधिकारी दोश्रो, उषा कार्की तेश्रो, रोशन राई सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः नगद तीन हजार पाँच सय, दुई हजार पाँच सय, एक हजार पाँच सय र एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा नगर शिक्षा समिति सदस्य देव विक्रम राई, बुइपाका वडाध्यक्ष दिनेश राई लगायतको उपस्थिती रहेको थियो ।
२०७६ पुस १७ गते राती ९ :१० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology