चिसाङ शेर्पा खोटाङ,
खोटाङमा बलात्कारका घट्ना बढी भएको पाइएको छ । २०७५ पौष १५ देखी हालसम्म ११ वटा बलात्कारका घट्ना र ७ वटा बलात्कार प्रयास भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) खोटाङले जनाएको छ ।
मंगलबार ईन्सेकले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२०’ पूर्व को वार्षिक समिक्षा कार्यक्रममा ५ जना महिला र ६ जना वालिका बलात्कारको शिकार भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका खोटाङ प्रतिनिधि रामधन राईले बताए । बलात्कार प्रयासमा ६ महिला र १ जना वालिका छन् ।
यस्तै, ४ वटा हत्या, ४ वटा कुटपिट/घाईते, १ वटा हत्या प्रयास, १ वटा बहुविवाह, नागरिक तथा राजनीतिक अधिकार हनन् १ वटा, ४ वटा भौतिक संरचनाहरुमा क्षति भएको ईन्सेकले जनाएको छ । हत्या हुनेमा १ जना पुरुष, २ जना महिला र १ जना वालिका छन् । विप्लव नेतृत्वको कार्यकर्ता गिरफ्तार १ जना, ३ वटा स्काभेटर र १ वटा सरकारी गाडीमा क्षति पुगेको इन्सेकको तथ्यांकमा छ ।
२०७६ पुस १५ गते साँझ ५ :१२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology