• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुइचुम्मा कांग्रेसको पालिका स्तरीय समिति गठन

दिप्रुङ चुइचुम्मा कांग्रेसको पालिका स्तरीय समिति गठन


समायोजन खबर
  • मंगलबार, पौस १५ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेपाली कांग्रेस पार्टीको पालिका स्तरीय कार्य समिति गठन गरिएको छ । कांग्रेसले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा लक्ष्मीकुमार थापाको सभापतित्वमा २९ सदस्यीय नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्य समिति सोमवार चयन गरेको हो ।

    नेपाली कांग्रेसको याङशोलाटारमा भएको भेलाले समितिको उपसभापतिमा देवीबहादुर श्रेष्ठ र कला राई, सचिवमा रोहित राई र शिशिर तामाङ चयन भएको महासमिति सदस्य तथा जिल्ला प्रतिनिधि दिनेश राईले जानकारी दिए । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँ पालिकाका सबै वडामा नेपाली काँग्रेस वडा समिति पनि गठन गरिएको छ । जसमा वडा नम्बर १ यम्खामा शुक्र राई, वडा नम्बर २ डाँडागाउँमा भीमबहादुर राउत, वडा नम्बर ३ छोरम्बुमा तुलस राई, वडा नम्बर ४ बतासेमा मुरारी भुजेल, वडा नम्बर ५ सप्तेश्वर छितापोखरीमा लक्ष्मीकुमार थापा, वडा नम्बर ६ छितापोखरीमा अमृतबहादुर खड्का र वडा नम्वर ७ टेम्मामा कनक राईको सभापतित्वमा वडा कार्य समिति गठन गरिएको छ ।

    नेपाली काँग्रेस खोटाङका पूर्व जिल्ला सभापति तथा महासमिति सदस्य बिष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई, महासमिति सदस्य तथा जिल्ला प्रतिनिधि राई, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, जिल्ला सचिव इच्छु राना र ज्ञानेन्द्र जोशी, जिल्ला सदस्यहरु समिर राई, सुमनवावु आचार्य, प्रकाशकुमार श्रेष्ठ, वशन्त राई, शरणकुमार राई, ललिता राउत, आमन्त्रित जिल्ला सदस्यहरु लक्ष्मीकुमार राई, दिवराज राई, क्षेत्रीय सभापति तीर्थराज भट्टराई, नेपाल तरुण दल खोटाङका उपाध्यक्ष काजीमान राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका उपाध्यक्ष सपना राई लगायतको उपस्थितिमा पालिका तथा वडा स्तरीय कार्य समित गठन गरिएको नेपाली कांग्रेस दिप्रुङ चुइचुम्माले जनाएको छ ।
    २०७६ पुस १५ गते मध्यान्ह १ :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology