समायोजन खबर खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आईतबार सार्वजनिक बिदा दिएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका वडासदस्य गोबिन्दबहादुर थापा मगरको निधनमा नगरपालिकाले एक दिन सार्वजनिक बिदा गरेको हो । वडा सदस्य मगरको निधनले नगरपालिकालाई अपुरणीय क्षती पुगेकाले शोक मनाउने निर्णय भए अनुशार सार्वजनिक बिदा दिइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।
लामो समयदेखि ब्रेन ट्यूमरको समस्याबाट पिडित मगरको शुक्रबार ४९ वर्षको उमेरमा निधन भएको हो । उनी स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
२०७६ पुस १३ गते बिहान १० : ४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology