• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद

गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्धविच्छेद


समायोजन खबर
  • बुधबार, पौस ९ २०७६

  • गायक रामकृष्ण ढकाल।

    समायोजन खबर काठमाण्डौ,

    गायक रामकृष्ण ढकाल र नीलम शाह ढकालबीचको १७ वर्षको सम्बन्ध टुंगिएको छ । उनीहरुले बुधबार जिल्ला अदालत काठमाण्डौमा गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भन्दै निवेदन दिएकी थिइन् । रामकृष्णसँग अंश नलिने र छोरी आफैसँग राख्ने गरी सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ ।

    जिल्ला अदालतका काठमाण्डौका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो । न्यायाधीश विदुर कोइरालाको इजलासमा दुवै आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन । दुवैले ‘सम्बन्ध विच्छेद गर्न मञ्जुर छौँ’ सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । रामकृष्ण ढकालका केही गीतमा नीलमले मोडलिङ समेत गरेकी छन् । केही समयअघि सहकारीबाट ऋण लिएर घर किनेपछि रामकृष्ण ढकाल चर्चासँगै विवादमा आएका थिए । रामकृष्ण र नीलमबीच विक्रम संवत् २०५९ सालमा प्रेम विवाह गरेका थिए । उनीहरुको एक छोरी छिन् ।

    २०७६ पुस ९ गते साँझ ७ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology