समायोजन खबर काठमाण्डाै,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुष २० गते केन्द्रय कमिटी बैठक बोलाएको छ । पार्टी एकीकरण भएको डेढ वर्षपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंसिर २९ देखि बसेको स्थायी कमिटी बैठकमा शनिबार केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा माघ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने उल्लेख गरिएको भए पनि त्यस अघि नै बैठक बोलाइएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि ४४५ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि नेताहरुले राखेका जिज्ञासाको जवाफ दिनुभएको छ ।
२०७६ पुस ५ गते साँझ ७ : ४४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology