चिसाङ शेर्पा खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न कार्यालयका लागि २९ वटा भवन बनाउने भएका छन् । वडा कार्यालय, विधालय भवन र स्वास्थ्य चौकीका लागि चालू आर्थिक वर्षभित्र भवन बनाउने भएका हुन् ।
नगरपालिकाभित्र रहेका १५ वडामा ४ वटा वडा कार्यालयको आफ्नै भवन भएको र ११ वटा वडा कार्यालय भाडा तथा साविकका गाविसको भवनमा बसेर काम कारवाही गरिरहेको अवस्थामा शुक्रबार पत्रकार सम्मेलन गरी ११ वटा वडा कार्यालय, १५ विधालय र ३ स्वास्थ्य चौकीको भवन बनाईने जानकारी दिएको छ । विधालय भवनहरु पनि जिर्ण अवस्थामा रहेको जनाइएको छ । आगामी वर्षको बजेटबाट नगरपालिकाको भवन समेत बन्ने जानकारी दिएको छ ।
नगरपालिकाले वडा नं. ८ दोर्पा चिउँरीडाँडा, खाल्ले र दिक्तेलमा स्वास्थ्य चौकी बनाउने नगरप्रमुख दिपनारायण रिजालले बताए । यस्तै, नगरभित्र रसायनिक विषादी रोक लगाउने, प्राङगरिक नगरपालिका बनाउने, दुई महिनाभित्र दिक्तेल सोल्मामा निर्माणाधिन कम्पोष्ट प्लान तयार हुने, दिक्तेलबजार ढलान अन्तर्गत लोकसेवा कार्यालदेखी–त्रिवेणीचोकसम्म र पूरानो बैंकचोकबाट बाम्राङ जाने सडक २ सय मिटर ढलानका लागि टेण्डर आव्हान भएको र चाँडै काम सुरु हुने सुशासनका लागि मिट द प्रेसमा जानकारी दिएको छ ।
यसैगरी, नगरपालिकाले दोर्पा चिउँरीडाँडा, खार्मी र पाथेकामा विषयगत शिविर आयोजना गरी अपाङ्ग परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । आगामी समय जालपामा विषयगत शिविर आयोजना गरिने र दिक्तेलबजारको प्रवेशद्धार रत्नपार्कमा भिजिट नेपाल २०२० को लोगो राखी निर्माणाधिन गेट जनवरी १ तारिखमा उद्घाटनगरी नेपाल भ्रमण वर्ष स्वागतका लागि शन्देसमूलक कार्यक्रम गरिने नगरप्रमुख रिजालले बताए ।
२०७६ पुस ४ गते साँझ ७ :५५ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology