• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिकाको सवै माविमा विधुतीय हाजिरी

गाउँपालिकाको सवै माविमा विधुतीय हाजिरी


चिसाङ शेर्पा
  • मंगलबार, पौस १ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिकाभरीको माध्यमिक विद्धालयहरुमा विधुतीय हाजिरी (इ–हाजिरी) जडान गरी कार्यान्वयनमा ल्याएकोे छ । शिक्षकहरुको नियमित्तालाई विधुतीय हाजिरीमा देखाउन र सोही अनुसार तलब निकासा गर्नका लागि विधुतीय हाजिरी जडान गरेको हो ।

    आर्थिक वर्ष २०७६/०७७ को गाउँसभाले विनियोजन गरेको १० लाख बजेटबाट १४ माविमा विधुतीय हाजिरी र सोलार नभएको १० विद्धालयमा सोलार, ब्याट्री र इन्भर्टरको व्यवस्था गरिएको आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । उनका अनुसार याङसोला मावि याङसोला, शान्ती मावि छोरम्बु, शान्ती निकेतण मिनाकर्ण मावि, पञ्चकौशीका मावि, राम्चे निकेतन मावि, सरस्वती मावि डाँडाखर्क, कृष्ण मावि टेम्मा, शान्ती मावि टेम्मा, महेन्द्रोदय मावि याम्खामा विधुतीय हाजिरी, सोलार, ब्याट्री र इन्भर्टर व्यवस्था गरिएको छ । एक थान सोलार,ब्याट्री र इन्भर्टर बाँकी रहेको र निर्णय गरेर कुनै एक विधालयलाई हस्तान्तरण गरिनेछ ।

     

    सबै माविमा विधुतीय हाजिरी जडान गरेर सञ्चालनमा आएपछि हाजिरीको आधारमा तलब भुक्तानी हुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । इ–हाजिरीले शिक्षकहरु विधालय गए/नगएको देखाउछ । अब कसैले ढाट्न पाउदैन । अध्यक्ष राईले भने, अन्य ३४ आधारभुत विद्धालयमा आउने आर्थिक वर्षमा विधुतीय हाजिरी जडान गर्छौ ।
    २०७६ पुस १ गते साँझ ९ :२० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology