समायोजन खबर खोटाङ,
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा खोटाङले मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । ज्वरोको कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी बिमित व्यक्ति अन्जना शाक्यको मृत्यु भएपछि उनका श्रीमानलाई सोमबार बिमा रकम हस्तान्तरण गरिएको छ ।
बिमित अन्जनाको कार्तिक १ गते मृत्यु भएपछि श्रीमान राम कुमार बजिमयलाई कम्पनिका वित्त बिभागका खगेन्द्र श्रेष्ठले मृत्यु दावी बापतको ८७ हजार ५ सय ७५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । । मृतक अन्जनाले ०६४ असार ३२ गते अभिकर्ता भगत राईमार्फत बीमांक ५० हजारले अर्धवार्षिक १८ हजार ६४ रुपैयाँ जम्मा गरेकी थिईन् । सरकारले पछिल्लो समय मृत्यु दाबी रकममा असुल गर्दै आएको कर मिनाहा गरेपछि शतप्रतिशत रकम मृतकको परिवारलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
२०७६ पुस १ गते राती ८ :१७ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology