• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पुस १५ बाट ‘अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता’

पुस १५ बाट ‘अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता’


चिसाङ शेर्पा
  • मंगलबार, पौस १ २०७६

  • भलिवल प्रतियोगिताको पत्रकार सम्मेलन मार्फत जानकारी गराईदै । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा ‘अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता’ हुने भएको छ । भलिवल खेलको बिकास गरी उच्च स्तरको खेलाडी उत्पादन तथा भलिवल खेललाई व्यवसायिकता दिने उद्देश्यले मदन भण्डारी स्पोट्स एकेडेमी खोटाङले पाँच दिवसीय प्रतियोगिता गराउने भएको हो ।

     

    प्रतियोगिता पुस १५ गतेदेखी १९ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको खेलमैदानमा हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा एक पालिकाबाट दुई टिमले सहभागिता जनाउन पाउने र टिम दर्ता ५ हजार ५ सय ५५ रुपैयाँ लाग्ने बताइएको छ । भलिवल खेलमा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १११, दोस्रो टिमले ७७ हजार ७ सय ७७, तेस्रो टिमले ५५ हजार ५ सय ५५ र चौथो टिमले ३३ हजार ३ सय ३३ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका सचिव रोशन राईले बताए । विधागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाणपत्र र सम्मान गरिनेछ ।

     

    प्रतियोगिताको माध्यमद्धारा जिल्लाको पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी आन्तरिक र वाह्य पर्यटक भित्राई जिल्लाको पर्यटन तथा व्यावसाय प्रवद्र्धन गर्ने लक्ष्य रहेको एकेडेमीका अध्यक्ष दिनेश साम्पाङले बताए । प्रतियोगितामा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल रहने अध्यक्ष साम्पाङले बताए । प्रतियोगिता अवधिमा अनुमानित १३ लाख खर्च हुने बताइएको छ ।
    २०७६ पुस १ गते साँझ ७ :४५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology