• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङबजारमा आगलागी, ६३ लाखको क्षति

खोटाङबजारमा आगलागी, ६३ लाखको क्षति


समायोजन खबर
  • मंगलबार, पौस १ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका मनिकलाल प्रधानको घरमा विद्युत सर्ट भई आगलागी भएको छ । प्रधानको मोबाईल र स्टेशनरी पसल सञ्चालन हुँदै आएको घरमा सोमबार राती साँढे १ बजे आगलागी हुँदा लाखौंको क्षती भएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।

     

    आगलागीमा प्रधानको घरमा सञ्चालित ईन्द्रेणीपोखरीका रमेश राईको मोबाईल पसल र खोटाङबजारकै घनश्याम फुयालको स्टेशनरी पसल पूर्णरुपमा जलेको छ । मोबाईल पसलबाट सुरु भएको आगलागीमा घर मालिक प्रधानको करिब ३० लाख, मोबाईल पसल सञ्चालक राईको १८ लाख र स्टेशनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताउनुभयो । प्रधान परिवार भने काठ्माण्डौंमा बस्दैआएका छन् । आगो प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए ।
    २०७६ पुस १ गते बिहान ८ :३६ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology