• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुस्ली प्रहार गरी ज्यान मारेर फरार भएका अभियुक्त पक्राउ

मुस्ली प्रहार गरी ज्यान मारेर फरार भएका अभियुक्त पक्राउ


चिसाङ शेर्पा
  • आइतबार, मंसिर २९ २०७६

  • पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका फरार अभियुक्तहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठकोे मुस्ली प्रहारबाट हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले गैरीगुठका २७ वर्षीय रमेश राईको मृत्यु भएपछि फरार भएकालाई नियन्त्रणमा लिई आईतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकोे हो ।

     

    सार्वजनिक हुनेमा सोही ठाउँका २७ वर्षीय भबिन राई, २१ वर्षीय अशोक राई र २५ वर्षीय बलराज राई छन् । फरार अभियुक्तहरुलाई विशेष सुराकीको आधारमा प्रहरी चौकी हर्कपुर ओखलढुंगाको सहयोगबाट शनिबार दिउँसो हर्कपुरमा नियन्त्रणमा लिईएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

     

    उनीहरुले गत बिहीबार राती साढे १० बजे रमेशलाई मुस्ली प्रहार गरेका थिए । मुस्ली प्रहारबाट घाईते भएका रमेशको हलेसीकै एक क्लिनिकमा उपचारकोक्रममा मृत्यु भएको थियो । अभियुक्तहरुलाई म्यादथप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए ।

     

    भूकम्प पुःननिर्माणको घर निर्माण सम्वन्धी काम गरेर फर्कदै गरेका रमेशसँग बाटोमा भेट भएपछि सामान्य बिबादमा झगडा हुँदा उनीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ । घट्नामा संलग्न भबिन शसस्त्र प्रहरी जवान हुन् ।
    २०७६ मंसिर २९ गते दिउँसो ४ :३१ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology