समायोजन खबर सोलुखुम्बु,
शुक्रबारदेखि परेको हिउँ जमेपछि अबरुद्ध सल्लेरी–ओखलढुंगा सडक खुलेको छ । डेढ फिट बाक्लो हिउँजमेपछि सडक अबरुद्ध बनेको थियो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको पहलमा निर्माणाधिन जलविद्युत आयोजनाको स्काभेटरले सडकको हिउँ पन्छाएपछि सवारी संचालनमा ल्याईएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए ।
अहिले सल्लेरीबाट काठमाण्डौ र तराईका विभिन्न स्थानका लागि छुटेका र सोलुखुम्बुका लागि छुटेका सवारी साधन आवतजावत भईरहेको छ । उद्यपी, हिउँको कारणले दुर्घटनाको जोखिम बढेकाले सावधानि अपनाउन आग्रह गरिएको छ ।
२०७६ मंसिर २८ गते साँझ ६ :२६ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology