समायोजन खबर खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभुत विद्यालय सिरुबासले स्वर्ण जयन्ती मनाएको छ । स्थापना भएको ५० वर्ष पुगेको अवशरमा विद्यालयले तीन दिनसम्म विभिन्न कार्यक्रम गर्दै स्वर्ण जयन्ती मनाएको हो । गाउँघरमा अन्न तथा मकैको झुत्ता संकलन गरेर २०२७ साल मंसिर २७ गते स्थापना गरिएको विद्यालयको स्वर्ण जयन्तीको अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले ५० वटा दिप प्रज्वलन गरेका छन् ।
तीन दिने स्वर्ण जयन्ती समापनको अवशरमा शुक्रबार नगरपालिकाले विद्यालयलाई एक थान कम्प्यूटर, एक थान कलर प्रिन्टर, भलिबल, चेस, लुँडो लगायतका खेल सामग्री तथा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । मेयर रिजालले लामो समयदेखि चन्दा उठाएर तीन जना निजि शिक्षक नियुक्त गरेको विद्यालयलाई नगरपालिकाकातर्फबाट दरवन्दीको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् ।
समापन कार्यक्रममा चन्दादाता तथा विभिन्न प्रतियोगीताका विजेता छात्र/छात्रालाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा शिक्षक, बुद्धिजिवी, समाजसेवी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
२०७६ मंसिर २८ गते साँझ ५ :१६ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology