• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चिसोबाट यसरी बच्नुहोस

चिसोबाट यसरी बच्नुहोस


समायोजन खबर,
  • शनिबार, मंसिर २८ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर,
    यतिबेला देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान र्पुयाउन सके यसबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

     

    चिसोको असर
    -शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।
    -पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।
    -मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।
    -युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।
    -रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।
    -चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

     

    चिसोबाट कसरी बच्ने ?
    -न्यानो कपडा लगाउने
    -घरमा बस्दा पनि न्यानो कपडा लगाउने
    -आगो ताप्ने ।
    -यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।
    -चिसो खानेकुरा सकेसम्म नखाने, तातो खाना खाने ।
    -धेरै मात्रामा झोलिलो खानेकुरा खाने । धेरै नुनिलो नखाने
    -पौष्टिक खानेकुरामा जोड दिने ।
    -बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।
    -मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
    -समस्या परेमा स्वास्थ्य जाँच गराउने ।
    २०७६ मंसिर २८ गते दिउँसो १२ :४४ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology