• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अक्षयकोषका लागि करोड संकलन अभियान

अक्षयकोषका लागि करोड संकलन अभियान


समायोजन खबर
  • बिहिबार, मंसिर २६ २०७६

  • समायोजन खबर सोलुखुम्बु,
    शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक विद्यालयले एक करोडको अक्षयकोष स्थापना गर्ने अभियान शुरु गरेको छ । मंगलबार सोलुदुधकुण्ड नगरपालिका ७ गार्मास्थित गार्मा माध्यमिक विद्यालयले खेल सप्ताहको शुभारम्भसंगै एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित अभियान शुरु गरेको हो ।

     

    अक्षयकोष स्थापना अभियानमा विद्यालयका भुतपुर्व विद्यार्थी तथा मिन्दुपाके गुम्बाका अध्यक्ष ङवाङ शेर्पाले एक लाख एक हजार एक सय पच्चिस रुपैयाँ नगद विद्यालयलाई हस्तान्तरण गरि सहयोगको शुरुवात गरेका छन् । मंगलबारनै गोम्बु शेर्पाबाट पाँचहजार एक सय रुपैया सहयोग प्राप्त भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको पुर्नगठनसंगै अध्यक्षमा समाजसेबी सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएसंगै अक्षयकोष स्थापनाको करोड अभियान शुरु गरिएको हो । अध्यक्ष शेर्पाले भने, ‘विद्यालयको दिगो स्रोत व्यवस्थापनका लागि अक्षयकोषको अवधारणा अघि सारेका हौ । मेरो तिनबर्षे कार्यकालमा एक करोडको अक्षयकोष स्थापना गरि छाड्नेछु ।’ यो शैक्षिक अभियानमा सरोकारवालाहरुले सहकार्य गर्ने अध्यक्ष शेर्पाको विश्वास छ ।

     

    ‘विद्यालय संचालनका लागि दिगो स्रोत व्यवस्थापनका विषयमा छलफल भए पनि मुर्त अवधारणा आउन सकेको थिएन, नयाँ व्यवस्थापन समितिले करोडको अक्षयकोष स्थापना गर्ने अभियान थालेको छ ।’ विद्यालयका प्रध्यानाध्यापक विनोदसिं तामाङले भने, ‘अभियानले पुर्णता पाउनेमा विश्वस्त छु ।’ करोडको अक्षयकोष स्थापना गर्न सके विद्यालय संचालनमा कुनै बाधा नआउने प्रध्यानाध्यापक तामाङले बताए । कक्षा९ देखि कृषिविषयको पढाई हुदै आएको विद्यालयमा ५५ रोपनी जग्गामा प्रयोगात्मक कक्षा संचालन गरिन्छ । विद्यालयमा २०६४ साल देखि सुस्तश्रवण (सांकेतिक) कक्षा समेत संचालनमा छ । बाह्रय सहयोगमा७२ जनाविपन्न परिवारका बालबालिकालाई छात्रबासमा राखेर शिक्षाआर्जनको वातावरण बनाएको विद्यालयलाई सरकारी निकायको अलवा गैरसरकारी संस्था हिमालयन केयर फाउण्डेशन र रीड नेपालले भौतिक पुर्वाधार, जनशक्ति व्यवस्थापन र शैक्षिक सामाग्री उपलब्धतामा सहयोग गर्दै आएको छ । विद्यालयमा४१६विद्यार्थी अध्ययनरत छन् ।
    २०७६ मंसिर २६ गते साँझ ७ :१८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology