• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार राईलाई ‘मानव अधिकार पत्रकारिता पुरस्कार’

पत्रकार राईलाई ‘मानव अधिकार पत्रकारिता पुरस्कार’


चिसाङ शेर्पा
  • मंगलबार, मंसिर २४ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङका पत्रकार दमन राई ‘छैटौ प्रदेश नम्बर १ मानव अधिकार पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् । प्रदेश नम्बर १ मा मानव अधिकारको क्षेत्रमा पत्रकारिताको माध्यमबाट शसक्त रुपमा कलम चलाए वापत पत्रकार राई पुरस्कृत भएका हुन् ।

     

    ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर मंगलबार मानव आधिकार मञ्च इलामले इलाम सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका नगरप्रमुख महेश बस्नेत र प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीलगायतले राईलाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेका छन् ।

     

    मञ्चले बिगत ६ वर्षदेखी प्रदान गर्दै आएको मानव अधिकार पत्रकारिता पुरस्कार यो वर्ष राईलाई प्रदान गरिएको आयोजकले जनाएको छ । पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष समेत रहेका पत्रकार रार्ई नागरिक राष्ट्रिय दैनिकमा आबद्ध छन् ।
    २०७६ मंसिर २४ गते साँझ ६ :१० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology