चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेलबजारमा लोकसेवा तयारी कक्षाको सुरुवात भएको छ । लोकसेवामा रुचि भएका तथा उचित कक्षा लिने ठाउँको खोजीमा रहेका विधार्थीहरुको समस्यालाई ध्यानमा राखेर दिक्तेल एकेडेमीले लोकसेवा तयारी कक्षाको सुरुवात गरेको हो ।
एकेडेमीले दिक्तेलको सरस्वती नमुना मावि नजिककै स्थापना गरेको लोकसेवा तयारी कक्षा तथा ओरेन्टेशन कक्षाको मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले उद्घाटन गर्नुभयो । ‘सही शिक्षा र सही तरिकाले मात्र सफलता संम्भव छ ।’ भन्ने उद्देश्यले स्थापना भएको एकेडेमीले सुरुवातमा लोकसेवा अन्तर्गतका खरीदार, नासु, अधिकृत लेबलका कक्षाहरु सुरु गरेको दिक्तेल एकेडेमीका सञ्चालक किरणजीत राईले बताए । राईका अनुसार लोकसेवाको विभिन्न तहमा ४९ जना विधार्थीले कक्षा लिइरहेका छन् ।
एकेडेमीले लोकसेवा कक्षाहरुवाहेक जापनीज, कोरियन र अङग्रेजी भाषा, निम्न माध्यमिक देखी माध्यमक तहसम्मको मुख्य विषयको तयारी कक्षा तथा उद्घोषण, पत्रकारिता, मेमोरी पावर, भाषणकला, लाईफ स्किल नेतृत्व विकास र ब्यक्तित्व बिकास तालिम गर्ने जनाइएको छ । सरकारी कार्यालय प्रमुखहरुसँग समन्वय गरी कक्षा सञ्चालन हुने भएकाले पैसा कमाउन वा व्यवहारिक हिसाबले एकेडेमीको स्थापना भन्दा पनि कुनै बिषयको राम्रो तयारी गर्न राजधानी जानुपर्ने बाध्यताको अन्त्य गरिएकोे सञ्चालक राईले बताए ।
एकेडेमीको अबको प्रतिबद्धता र जिम्मेवारी भनेको जिल्लामै ब्यवस्थित, शैक्षिक गुणस्तरको बृद्धि गर्दै लोकसेवाको विभिन्न तहको तयारी कक्षा र अन्य विषयहरु संचालन गर्नु रहेको एकेडेमीका संस्थापक दशरथ रुम्दालीले बताउनुभयो । रुम्दालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा अवस्थित विभिन्न सरकारी कार्यालय प्रमुखहरुले आफ्नो लोकसेवा अनुभव सुनाएका थिए ।
२०७६ मंसिर २४ गते बिहान ११ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology