• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१३ औँ सागकाे अन्तिम दिन आज ५ खेल हुने

१३ औँ सागकाे अन्तिम दिन आज ५ खेल हुने


समायोजन खबर
  • मंगलबार, मंसिर २४ २०७६

  • समायोजन खबर काठमाण्डाै,

    १३ औँँ दक्षिण एसियाली खेलकुद सागको समापन मंगलबार हुँदै छ । डिसेम्बर १ अर्थात मंसिर १५ गते औपचारिक उद्घाटन भएको प्रतियोगिताको अन्तिम दिन मंगलबार ५ खेल आयोजना हुने छन् । दशरथ रंगशलामा अपरान्ह समापन समारोह सुरुहुनु पूर्व फुटबल खेलको फाइनल हुने छ भने बाँकी अरु खेलहरु त्यसअघि नै सम्पन्न हुने छन् । समापनको अन्तिम दिनसम्म आइपुग्दा नेपाल ४९ स्वर्णसहित तालिकाको दोस्रो स्थानमा छ ।

     

    नेपाल र भुटानबीच पुरुष फुटबल फाइनल अपरान्ह ३ बजे, दशरथ रंगशालामा हुने छ । भुटान र माल्दिभ्सबीच महिला बास्केटबलको तेश्रो स्थानको खेल बिहान ८ बजे र पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल बिहान साढे १० बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुने छ । पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल अपरान्ह १ बजे । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल अपरान्ह साढे ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल त्रिपुरेश्वरमा हुने छ ।

     

    बक्सिङमा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुने । अपरान्ह १ बजेदेखि अन्तर्राष्ट्रिय खेलकुद परिसर कराते हल सातदोबाटोमा हुने छ । स्क्वासको पनि फाइनल खेल हुने छ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कांस्यको लागि खेल्नेछ । जुडोमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुने । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ भने फाइनल साढे १२ बजे देखि आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने छ ।

    २०७६ मंसिर २४ गते बिहान ९ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology