• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चिसाे बढ्दै, काठमाण्डाैमा याे वर्षकै न्यून तापक्रम

चिसाे बढ्दै, काठमाण्डाैमा याे वर्षकै न्यून तापक्रम


समायोजन खबर
  • सोमबार, मंसिर २३ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर काठमाण्डाै,

    काठमाण्डाै उपत्यकाको तापक्रम साेमबार यो बर्षकै कम मापन गरिएकाे छ । काठमाण्डौको साेमबार बिहानकाे तापक्रम ४ दशमलव ४ डिग्रि सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । यस्तै, साेमबार देशको पूर्वी र मध्य पहाडी भेगको आकाशमा बादल लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

     

    तराई क्षेत्रमा अहिले लागेको हुस्सु पनि विस्तारै हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । आउने बुधबारसम्म देशभरीकै मौसम यस्तै रहने र बुधबारबाट पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्ने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको उहाँको भनाई छ ।

    २०७६ मंसिर २३ गते बिहान ८ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology